निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन्छौं : ऊर्जामन्त्री भुसाल

सरकारले अबको डेढ महिना भित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिरहेको भन्दै अबको एकदेखि डेढ महिना भित्रमा काम सम्पन्न हुने बताइन् । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल सहितको प्रतिनिधिमण्डलसँग बिहीवार भएको भेटमा ऊर्जामन्त्री भुसालले अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रलाई अग्रसर गर्ने सोचसहित कार्यविधि तयार भइरहेको जानकारी दिइन् । ‘विद्युत् निर्यातमा नि...