विहीबार राती ११ बजेसम्म कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको सरकारी निवासमा सत्तारुढ गठबन्धन संयन्त्रको बैठक बस्यो । सत्ता गठबन्धनको बैठक भनिएपनि जसपा र राष्ट्रिय जनमोर्चालाई बैठकबारे कुनै जानकारी थिएन । उक्त बैठकमा भागवण्डाको अन्तिम टुंगो लगाउने भनिएको थियो । तर बैठक विना निष्कर्ष टुंगियो । गत सोमबार बसेको बैठकपछि काँग्रेस, माओवादी र समाजवादीले के गरे भन्ने कुरा हामीलाई जानकारी नै छैन,’ राष्ट्रिय जनमोर्चाका प्रदेश सचिव पुर्ण बहादुर शाहीले रातोपाटीसँग भने,‘सुरुको बैठकद