महिला दिवस : सांग्रिला बुक्स र बुद्ध एयरले २५०० यात्रुलाई दियो पुस्तक उपहार
अन्तर्राष्ट्रिय (श्रमिक) महिला दिवसका अवसरमा सांग्रिला बुक्स र बुद्ध एयरको सहकार्यमा काठमाडौँबाट बुद्ध एयरबाट यात्रा गर्ने पहिलो २५०० यात्रुलाई पुस्तक उपहार दिइएको छ ।
काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य र व्यवस्थितरुपमा मनाउन सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चिततामा मद्दत पुग्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले साझा अभियानका रुपमा यो दिवसका रुपमा मनाउन […]
हङकङ– हङकङमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम गरी मनाइने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा महिला दिवस मनाउन लागिएको हो । आउँदो १० मार्चमा जोर्डनमा विशेष कार्यक्रमसहित महिला दिवस मनाउन लागिएको एनआरएनए हङकङकी उपाध्यक्ष तथा महिला संघकी महासचिव अनु राईले जानकारी दिइन् । […]
नेपाल एसबिआई बैंकले विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।महिला कर्मचारीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम धुलिखेलस्थित मिराबल रिसोर्टमा आयोजना भएको थियो । उक्त कार्यक्रममा महिला कर्मचारीका क्षमता विस्तारका लागि विभिन्न कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । सो अवसरमा उपत्यका बाहिरका कर्मचारीले पनि विभिन्न कायक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको बैंकले जारी गरेको […]
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले श्रमिक महिलाहरूलाई सम्मान गरेर ११२औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ। नेविसंघ सम्बद्ध विद्यार्थी नेतृहरुको अगुवाईमा न्युरोड गेट, रत्नपार्क र बागबजारलगाायतका श्रेत्रमा रहेका श्रमिक महिलाहरुलाई सम्मान...
२४ फागुन, काठमाडौं । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । सन् […]
काठमाडौं : मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाइँदैछ। सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ। यस वर्ष 'सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता' भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन्। सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो। संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम ना
सर्लाही – नेकपा (एमाले) निकट महिला संगठन अखिल नेपाल महिला (अनेम)संघ सर्लाहीले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाउने भएको छ । संघले हरेक वर्ष मार्च ८ मा श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । सोही अवसरमा जिल्लाका विभिन्न स्थानमा सचेतनादेखि अनुगमनसम्मको गतिविधि गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । अनेम […]
दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ घोराही नगर समितिको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस राजमो कार्यालय घोराहीमा सम्पन्न भएको छ।
अखिल नेपाल महिला संघकी दाङ जिल्ला सचिव शारदा थापाको अध्यक्षता, कृष्णा थापाको सञ्चालन, महिला संघ घोराही नगर कोषाध्यक्ष हिरा खनालको स्वागत मन्तव्यबाट कार्यक्रम सुरुभएको हो ।
कार्यक्रमका प्रमुख अथिति अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले सम्पूर्ण शोषित पीडित मुक्तिकामी, श्रमिक महिलाहरु सर्वप्रथम सचेत हुन जरुरी रहेको बताउनु भयो। उहाँले आफ्नो हंकहित नियम कानुनको लागि अध्ययन गर्न आवश्यक रहेको समेत बताउनु भयो ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको इतिहास र महत्व बारे प्रष्ट पार्नु भएको थियो।
जनजाति सम्मेलन केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष रामबहादुर जिएम, अखिल (छैठौं)केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, अखिल (छैठौं) दाङ जिल्ला सचिवालय सदस्य दिनेश रैदास, राजमो घोराही नगर अध्यक्ष हरि खरेल, अखिल नेपाल महिला संघ दाङ जिल्ला सल्लाहकार सत्य रेग्मी, अखिल (छैठौं) दाङ जिल्ला कोषाध्यक्ष मधुकर पुन, महिला संघ घोराही नगर सचिव पदमा थापा, रक्तिम सांस्कृतिक अभियान घोराही नगर सचिव शिव बन्जाडे, शान्ति पुन लगायतले अन्तर्राष्टिय श्रमिक महिला दिवसको शुभकामना तथा मन्तव्य राख्नु भएको थियो।
अखिल नेपाल महिला संघ गढवा
अखिल नेपाल महिला संघ गढवा गाउँपालिका समितिको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस गढवामा सम्पन्न भएको छ।
जेष्ठ महिला सदस्य पुत्ला खनालको अध्यक्षता, उमा पन्थीको सञ्चालन र धना खनालको स्वागत गर्नुभएको थिया । कार्यक्रमका प्रमुख अथिति अखिल नेपाल महिला संघ दाङ जिल्ला सदस्य गौरी खड्काले समान अधिकार र महिला हिँसा विरुद्ध बोल्दै एक जुट भएर अगाडि बढ्न आह्रवान गर्नु भएको थियो। त्यसैगरी अखिल नेपाल महिला संघ जिल्ला सदस्य शिवा आचार्य महिला हकहित बारे प्रष्ट पार्नु भएको थियो।
महिला संघ गढवा गाउँपालिका वार्ड नं ६ सदस्य सुमित्रा खनाल, गोमा पोख्रेल, राजमो जिल्ला सल्लाहकार गुणनिधि शर्मा, राजमो गढवा सचिव टुकमान आचार्य, वार्ड नं ६ राजमो अध्यक्ष खुमानन्द ...
खिमराज चालिसे, चंडिगढ ।
भारतको चंडिगढमा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । सोमबार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा श्रमिक महिला दिवस मनाइएको हो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार एवम् नेपाली समाचारका संयोजक खिमराज चालिसे, मूल प्रवाह क्षेत्रीय सल्लाहकार एवम् महिला क्षत्रीय विभागकी सचिव जुना चालिसेले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
यस्तै, समता केन्द्रीय विभागका बिनु नेपाली, महिला क्षत्रीय सदस्य सिमा खडका, मूल प्रवाह नगर अध्यक्ष मानबहादुर केसी, जनजाति विभागका तेज बहादुर रोका, एडवोकेट तथा विद्यार्थी क्षेत्रीय अध्यक्ष माधव पोख्रेल, खेल विभागका पुरन थापा, महिला सदस्य कुमारी थापा, लक्ष्मी अधिकारी, नेपाली वेलफेयरकी सविना पाण्डे लगाएत नेताहले पनि सम्बोधन गर्नुभएको थियो ।
सो क्रममा वक्ताहरुले महिला मुक्ति आन्दोलनको गौरवमय इतिहास तथा कम्युनिस्ट आन्दोलनमा क्लारा जेटकीन, रोजा लक्ष्यमवर्ग, एलेक्जेन्ड्रा जस्ता महिला नेतृहरुको अद्धितीय योगदान तथा दोश्रो अन्तर्राष्ट्रियको महत्ववारे प्रकाश पार्दै महिलाहरुको हक अधिकार,न्याय तथा स्वतन्त्रताको लागी सम्पूर्ण उत्पीडित महिलाहरुले नै संगठित र सचेत हुनुपर्ने धारणा राखेका थिए ।
महिला विभागकी सचिव जमुना खनालको सञ्चालन तथा नगर संयोजक माया आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जमुना खडकाले स्वागत गर्नुभएको थियो भने रक्तिम परिवारका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए ।