गोरखाको फूलपाती गाडीमा राखेर हनुमानढोका दशैँघरमा पठाइयो

गोर्खा – गोरखकाली मन्दिरमा रहेको दशैँघरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दशैँ घरमा फूलपाती पठाइएको छ । गोरखामा विधिपूर्वक गएराति संंकलन गरिएको फूलपाती बिहान सरकारी नम्बर प्लेटको गाडीमा राखेर काठमाण्डौ पठाइएको हो । गोरखकाली मन्दिरका पुजारी र सुसारेले अघिल्लो दिन गोरखा नगरपालिका वडा नम्बर ८ को पिप्लेफाँटमा विधिपूर्वक संकलन गरेको फूलपाती बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमा हनुमानढोका पठाइएको गोर्खा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताउनुभयो । उहाँका अनुसार दरवार परिसरको चण्डीथानका पूजारी क...

सम्बन्धित सामग्री

दशैंघरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा बढाइँ

१६ असोज, काठमाडौं । हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समेत गरेको छ […]

काठमाडौंकाे हनुमानढोका दरबारकाे दशैं घरमा फूलपाती भित्र्याइयाे

काठमाडौं । नेपालीहरुकाे महानपर्व दशैंको सातौं दिन आज (आइतबार) गोरखा दरबारबाट पठाइएको फूलपाती काठमाडौंकाे ऐतिहासिक हनुमानढोका दरवारको दशैं घरमा भित्र्याइएको छ । गोरखा दरबारबाट निकालिएको फूलपाती जमलबाट बाजागाजासहित दशैं घरमा भित्र्याइएको हो । नक्शाल चोकमा वैदिक रुपमा पूजा गरेर मूलचोकमा कालो बोका बली दिएर तान्त्रिक रुपमा फूलपातीमा पूजाआजा गरिएको थियो । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म […]

गोरखा दरबारबाट हनुमानढोका दशैँघरमा पठाइयो फूलपाती

काठमाडौं।गोरखा दरबारबाट हनुमानढोका दशैँघरमा फूलपाती पठाइएको छ।दशैँको नवमीदेखि पूर्णिमासम्म बाढी पहिरोको जोखिम रहेको मौसम विभागले जनाएको छ।पूर्वराजाले यसपाली दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्।धनगढीमा आजदेखि नमुना आयल स्टोर संचालनमा आएको छ।इन्डोनेसियामा फुटबल खेलको क्रममा भागदौड मच्चिँदा १२७ को मृत्यु भएको छ।

गोरखा दरबारबाट फूलपाती हनुमानढोका पठाइयो

गोरखा :  गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन्।फूलपातीको डोली बा२झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन र

गोरखा दरबारबाट फूलपाती पठाइयो, हर्षबढाइँ गरेर हनुमानढोकामा भित्र्याइँने

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरवारबाट हनुमानढोका लगियो फुलपाती

गोरखा दरवारबाट फूलपाती काठमाडौंको हनुमानढोका लगिएको छ। आईतवार बिहान ८ बजेर १५ मिनेटको साईतमा ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरवारमा भित्र्याउन लगिएको छ।...

आज फूलपाती, हनुमानढोकामा धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै

काठमाण्डौ – आज दशैँको फूलपाती । देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । आज हनुमानढोका दरबारमा रहेको दशैँघरमा पनि फूलपाती भित्र्याइँँदैछ । नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरे...

गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइँदै

गोरखा दरबारको दशैँघरबाट मङ्गलवार फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पठाइँदै । गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आजै साँझ हर्ष बढाइका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

आज घरघर फूलपाती भित्र्याइँदै‚ के हो फूलपाती?

काठमाडौं : बडादशै‌को सातौं दिन अर्थात् सप्तमी। आज प्रत्येक घरघर‚ दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याउने र तिनका पत्रले देवीहरूलाई स्नान गराउने परम्परा छ। यो नेपाली सनातन धर्मालम्बीको मात्र नभई नवरात्रमा आराधना गर्ने भारतीय तथा मैथिल हिन्दू धर्मावलम्बीको पनि परम्परा हो। मैथिल पूजाविधिमा पनि यसको उल्लेख छ। सर्वसाधारणले बिहानै वा आफ्नो अनुकूलको समयमा फूलपाती भित्र्याउँछन्। विभिन्न शक्तिपीठ र कोतघरहरूमा अपराह्नतिर फूलपाती भित्र्याउने चलन छ। हनुमानढोका दरबारको दशैँघरमा गो