काठमाडौंकाे हनुमानढोका दरबारकाे दशैं घरमा फूलपाती भित्र्याइयाे

काठमाडौं । नेपालीहरुकाे महानपर्व दशैंको सातौं दिन आज (आइतबार) गोरखा दरबारबाट पठाइएको फूलपाती काठमाडौंकाे ऐतिहासिक हनुमानढोका दरवारको दशैं घरमा भित्र्याइएको छ । गोरखा दरबारबाट निकालिएको फूलपाती जमलबाट बाजागाजासहित दशैं घरमा भित्र्याइएको हो । नक्शाल चोकमा वैदिक रुपमा पूजा गरेर मूलचोकमा कालो बोका बली दिएर तान्त्रिक रुपमा फूलपातीमा पूजाआजा गरिएको थियो । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म […]