मोरङ – चौध महिनाको कार्यकाल पूरा गरी प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की मोटरसाइकलमा घर फर्केका छन्। मन्त्रालयमा सोमबार आयोजित बिदाइ कार्यक्रमपछि उनी मन्त्रालयको सवारी राखेर स्वकीय सचिव दिवस राजवंशीसँग मोटरसाइकलमा घर फर्किएका हुन्। बिदाइका क्रममा कार्कीले कार्यकालमा सहयोग गर्ने सबै कर्मचारी तथा प्रदेशवासीलाई धन्यवाद दिए। कार्कीले संघीयता कार्यान्वयनका लागि कतिपय अधिकार […]