काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट सरकार ढालेर दलाल पुँजीवादी काँग्रेससँग सरकार बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तयारी गरिरहेको आरोप लगाएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ओलीले नेपाली काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु जस्ता अभिव्यक्ति दिइरहेको आरोप उनले लगाए।उनले आफ्नो पार्टी नेपालको राजनीतिमा महत्वप