सर्लाही क्षेत्र नम्बर ४ बाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरे । तर यस पटक उनलाई पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि सिफारिस नै गरेको छैन । बरु, सो क्षेत्रबाट कांग्रेसका महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ ।पार्टीभित्र देखिएको गुटबन्दीका कारण पछिल्लो समय अमरेशकुमार सिंह ओझेलमा परेका छन् भने उनीमाथि अनुशासनको कारबाहीका लागि सिफारिससमेत भएको छ । त्यसैले अमरेशकुमार सिंहको राजनीतिक भविष्य कांग्रेसमा सकिएकै हो त भन्नेखा