ज्योति विकास बैंकले ६.८ % लाभांश फागुन १४ गते पारित गर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले फागुन १४ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभा गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट कूल ६ दशमलव ८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब २६ करोड ७७ लाख ५३ हजारको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत वर्षको भन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उल्लेखित प्रस्तावसँगै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ २६ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

सम्बन्धित सामग्री

सात विकास बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ विकास बैंकमध्ये हालसम्ममा सात विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेका हुन् । त्यस्तै ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् ।   लाभांश घोषणा गरेका अधिकांश विकास बैंकले बोनस शेयरलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० दशलमव २ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत गरेर कुल १० दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश साधारण सभाबाट पारित भइसकेको छ ।  त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको छ । त्यसैगरी मुक्तिनाथ विकास बैंकले ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  मितेरी डेभलपमेन्ट बैंकले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ९ दशलमव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५० प्रतिशत कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा बोलाएको छ । लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ ।  गरिमा विकास बैंकले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । महालक्ष्मी विकास बैंकले भने ६ दशलमव ४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  कुन बैंकको कति ?

ज्योति विकास बैंकले पुस २९ मा साधारण सभा गर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा उक्त दिन बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यस्तै सभाले यस बैंकले अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १६ देखि २९ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

ज्योति विकास बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारणसभाबाट पारित गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने निर्णय पनि कम्पनीले गरेको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताहरूको हात खाली गराएको हो । गत वर्ष कम्पनीले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

ज्योति विकास बैंकले वितरण गर्‍यो बोनस शेयर

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले यस वर्षको बोनस शेयर वितरण गरेको छ । कम्पनीले फागुन १४ गते १५औं वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल ६ दशमलव ८० प्रतिशत लाभांश वितरण गरेको हो । चुक्तापूँजी रू. ४ अर्ब २६ करोड ७७ लाख ५३ हजारको आधारमा कम्पनीले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ८० प्रतिशत नगद लाभांश यस वर्ष वितरण गरेको हो । कम्पनीले गत वर्षको भन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । यसको आधारमा माघ २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन् ।  माघ १८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको कम्पनीको भनाइ छ । सो मितिपश्चात् कर्जा राफसाफ भइसकेको अवस्थामा फुकुवा गर्नसमेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

नेप्सेमा ३ कम्पनीको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेका सूर्य लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक र एनएमबि लघुवित्तको मूल्य समायोजन भएको हो  । यी कम्पनीका पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । सूर्या लाइफको १२.७० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६३८.८६ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ७२० रुपैयाँ थियो । एनएमबि लघुवित्तको २१.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०५३.५० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२८० रुपैयाँ थियो । ज्योति विकास बैंकको ११  प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४०३.१५ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४४७.५० रुपैयाँ थियो । सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  ले  पुस १९ गते विराटनगर स्थित होटेल हैरिसन प्यालेसमा साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश गरि कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २६ करोड २८ लाख रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : क) सामान्य प्रस्तावः१. संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।२. लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/०७७ को नाफा/नोक्सान हिसाव र नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।३. लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/०७८ को लागि लेखा परिक्षक नियुक्ति गर्ने तथा नीजको पारिश्रमिक निर्धारण गर्ने ।४. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,२६,२८,९४,५००/- को ०.६६८४ प्रतिशतका दरले हुने रकम रु.१,५१,२५,६६३/- नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनको लागि) स्वीकृत गर्ने ।५. संस्थापक शेयरधनी समूह (क) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालक र सर्वसाधारण शेयरधनी समूह (ख) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकको निर्वाचन गर्ने ।ख) विशेष प्रस्तावः१. संचालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.२,२६,२८,९४,५००/- (अक्षरेपी दुई अर्ब छब्बिस करोड अट्ठाईस लाख चौरानब्बे हजार पाँच सय मात्र) को १२.७० प्रतिशतका दरले हुने रकम रु.२८,७३,८७,६००/- (अक्षरेपी अट्ठाईस करोड त्रिहत्तर लाख सतासी हजार छ सय मात्र) बराबरको शेयर लाभांश (बोनस शेयर) वितरण गर्ने प्रस्ताव पारित गर्ने । शेयर लाभांश (बोनस शेयर) वितरण गर्दा कायम हुन आउने दशमलव पछिको भिन्न अंक (Fraction) लाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्ने ।२. शेयर लाभांश (बोनस शेयर) वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप बृद्धि गर्ने ।३. कम्पनीको बिद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०:४० को संरचनालाई परिवर्तन गरि ५१:४९ प्रतिशत  कायम गर्ने र सोही अनुरुप ५१ प्रतिशत भन्दा बढि भएको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्ने ।४. कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने । कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्ताबित संशोधनमा सम्बन्धित निकायबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन/फेरबदल गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने ।५. कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/०७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्चको अनुमोदन गर्ने ।ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले पुस २३ गते शुक्रबार नक्साल स्थित लिसारा रिसेप्सनमा सभा आह्वान गरेको छ  । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम हुने चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.५ प्रतिशत नगद लाभांश गरि कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।   हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७ सय ८१ रुपैयाँ रहेको छ ।   कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : सामान्य प्रस्ताव:  १) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहितको ज्योति विकास बैंक लि. को २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने।३) लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हालको लेखा परिक्षक टि.आर.उपाध्याय एण्ड कम्पनी पुनः नियुक्तिको लागि योग्य रहेको छ।४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजनका लागि समेत गरी हाल कायम चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश जम्मा रु. १७,३०१७,०२५ (अक्षरेपी सत्र करोड तीस लाख सत्र हजार पच्चिस मात्र) वितरण गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने। विशेष प्रस्ताव १) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूजीको ११ प्रतिशतले हुन आउने जम्मा रु. ४२,२९,३०,५०६/ (अक्षरेपी बयालिस करोड उनन्तिस लाख तीस हजार पाँच सय छ मात्र) रकम बराबरको बोनश शेयर स्वीकत गर्ने र सोही हदसम्म जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने । बोनस शेयर जारी पश्चात कायम हुन आउने भिन्न अंक (Fraction) लाई भविष्यमा समायोजन गर्ने गरी यथावत राख्ने ।२. विकास बैंकको हाल कायम अधिकत पंजी रु. ५,००,०000000/- (पाँच अर्ब रुपैया मात्र) लाई बृद्धि गरी रु.८०००००००००/ (आठ अर्ब रुपैयाँ मात्र) पुयाउने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।३) यस विकास बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने (Merger) वा प्राप्ति (Acquisition) गर्ने सन्दर्भमा समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति (Assets) र दायित्व (Liabilities) मूल्याङ्कन (Due Diligence Audit) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत गाभ्ने (Merger) वा प्राप्ति (Acquisition) सम्बन्धमा प्रचलित कानून बमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।४) उपरोक्त उल्लिखित विषयहरुका सम्बन्धमा विकास बैंकको प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकायबाट संशोधन, परिवर्तन वा थप घट गर्न सझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप घट सहित आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।एनएमबि लघुवित्तले  पुस २६ गते सोमबार पोखराको पार्दी स्थित होटेल पोखरा ग्राण्डमा सभा आह्वान गरेको छ  ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.१३ प्रतिशत नगद लाभांश गरि कुल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ५३ करोड ९८ लाख ४ हजार रहेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि २६ गतेसम्म  बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् सभामा पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. २०७४/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा।४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १.१३ (एक दशमलव एक तीन) प्रतिशतका दरले हुन आउने रकम रु. ६१,०८,३१७.७६। (अक्षरुपी एकसठ्ठी लाख आठ हजार तीन सय सत्र रुपैयाँ छहत्तर पैसा मात्र) नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा ।विशेष प्रस्ताव १. सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम चुक्ता पूँजी रु. ५३,९८,०४,८२५.००।- (अक्षरुपी त्रिपन्न करोड अन्ठानब्ये लाख चार हजार आठ सय पच्चिस रुपैयाँ मात्र) को २१.५० प्रतिशतले हुन आउने रकम रु ११,६०,५८,०३७.३८ । (अक्षरुपी एघार करोड साठी लाख अन्ठाउन्न हजार सैतिस रुपैयाँअठ्तीस पैसा मात्र) बराबरको बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने सम्बन्धमा ।२. बोनश शेयर जारी भए पश्चात वित्तीय संस्थाको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी बृद्धि लगायतका बिषयहरु समावेश गरि संस्थाको प्रवन्धपत्र संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा । (यससँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदनमा संलग्नगरिएको छ)।३. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा । (यससँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदनमा संलग्न गरिएको छ)।४. यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने/गाभिने वा प्राप्ति (Merger/Acquisition) सम्बन्धी प्रकृया अगाडी बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने सम्बन्धमा । वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

यी ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसको कति लाभांश ?

आज पुस ८ गते ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेका सूर्य लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक र एनएमबि लघुवित्त तथा पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको बुटवल पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी कम्पनीका आज पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  ले  पुस १९ गते विराटनगर स्थित होटेल हैरिसन प्यालेसमा साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश गरि कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २६ करोड २८ लाख रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : क) सामान्य प्रस्तावः१. संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।२. लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/०७७ को नाफा/नोक्सान हिसाव र नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।३. लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/०७८ को लागि लेखा परिक्षक नियुक्ति गर्ने तथा नीजको पारिश्रमिक निर्धारण गर्ने ।४. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,२६,२८,९४,५००/- को ०.६६८४ प्रतिशतका दरले हुने रकम रु.१,५१,२५,६६३/- नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनको लागि) स्वीकृत गर्ने ।५. संस्थापक शेयरधनी समूह (क) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालक र सर्वसाधारण शेयरधनी समूह (ख) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकको निर्वाचन गर्ने ।ख) विशेष प्रस्तावः१. संचालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.२,२६,२८,९४,५००/- (अक्षरेपी दुई अर्ब छब्बिस करोड अट्ठाईस लाख चौरानब्बे हजार पाँच सय मात्र) को १२.७० प्रतिशतका दरले हुने रकम रु.२८,७३,८७,६००/- (अक्षरेपी अट्ठाईस करोड त्रिहत्तर लाख सतासी हजार छ सय मात्र) बराबरको शेयर लाभांश (बोनस शेयर) वितरण गर्ने प्रस्ताव पारित गर्ने । शेयर लाभांश (बोनस शेयर) वितरण गर्दा कायम हुन आउने दशमलव पछिको भिन्न अंक (Fraction) लाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्ने ।२. शेयर लाभांश (बोनस शेयर) वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप बृद्धि गर्ने ।३. कम्पनीको बिद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०:४० को संरचनालाई परिवर्तन गरि ५१:४९ प्रतिशत  कायम गर्ने र सोही अनुरुप ५१ प्रतिशत भन्दा बढि भएको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्ने ।४. कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने । कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्ताबित संशोधनमा सम्बन्धित निकायबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन/फेरबदल गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने ।५. कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/०७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्चको अनुमोदन गर्ने ।ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले पुस २३ गते शुक्रबार नक्साल स्थित लिसारा रिसेप्सनमा सभा आह्वान गरेको छ  । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम हुने चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.५ प्रतिशत नगद लाभांश गरि कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।   हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७ सय ८१ रुपैयाँ रहेको छ ।   कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : सामान्य प्रस्ताव:  १) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहितको ज्योति विकास बैंक लि. को २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने।३) लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हालको लेखा परिक्षक टि.आर.उपाध्याय एण्ड कम्पनी पुनः नियुक्तिको लागि योग्य रहेको छ।४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजनका लागि समेत गरी हाल कायम चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश जम्मा रु. १७,३०१७,०२५ (अक्षरेपी सत्र करोड तीस लाख सत्र हजार पच्चिस मात्र) वितरण गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने। विशेष प्रस्ताव १) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूजीको ११ प्रतिशतले हुन आउने जम्मा रु. ४२,२९,३०,५०६/ (अक्षरेपी बयालिस करोड उनन्तिस लाख तीस हजार पाँच सय छ मात्र) रकम बराबरको बोनश शेयर स्वीकत गर्ने र सोही हदसम्म जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने । बोनस शेयर जारी पश्चात कायम हुन आउने भिन्न अंक (Fraction) लाई भविष्यमा समायोजन गर्ने गरी यथावत राख्ने ।२. विकास बैंकको हाल कायम अधिकत पंजी रु. ५,००,०000000/- (पाँच अर्ब रुपैया मात्र) लाई बृद्धि गरी रु.८०००००००००/ (आठ अर्ब रुपैयाँ मात्र) पुयाउने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।३) यस विकास बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने (Merger) वा प्राप्ति (Acquisition) गर्ने सन्दर्भमा समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति (Assets) र दायित्व (Liabilities) मूल्याङ्कन (Due Diligence Audit) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत गाभ्ने (Merger) वा प्राप्ति (Acquisition) सम्बन्धमा प्रचलित कानून बमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।४) उपरोक्त उल्लिखित विषयहरुका सम्बन्धमा विकास बैंकको प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकायबाट संशोधन, परिवर्तन वा थप घट गर्न सझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप घट सहित आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।एनएमबि लघुवित्तले  पुस २६ गते सोमबार पोखराको पार्दी स्थित होटेल पोखरा ग्राण्डमा सभा आह्वान गरेको छ  ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.१३ प्रतिशत नगद लाभांश गरि कुल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ५३ करोड ९८ लाख ४ हजार रहेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि २६ गतेसम्म  बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् सभामा पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. २०७४/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा।४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १.१३ (एक दशमलव एक तीन) प्रतिशतका दरले हुन आउने रकम रु. ६१,०८,३१७.७६। (अक्षरुपी एकसठ्ठी लाख आठ हजार तीन सय सत्र रुपैयाँ छहत्तर पैसा मात्र) नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा ।विशेष प्रस्ताव १. सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम चुक्ता पूँजी रु. ५३,९८,०४,८२५.००।- (अक्षरुपी त्रिपन्न करोड अन्ठानब्ये लाख चार हजार आठ सय पच्चिस रुपैयाँ मात्र) को २१.५० प्रतिशतले हुन आउने रकम रु ११,६०,५८,०३७.३८ । (अक्षरुपी एघार करोड साठी लाख अन्ठाउन्न हजार सैतिस रुपैयाँअठ्तीस पैसा मात्र) बराबरको बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने सम्बन्धमा ।२. बोनश शेयर जारी भए पश्चात वित्तीय संस्थाको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी बृद्धि लगायतका बिषयहरु समावेश गरि संस्थाको प्रवन्धपत्र संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा । (यससँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदनमा संलग्नगरिएको छ)।३. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा । (यससँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदनमा संलग्न गरिएको छ)।४. यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने/गाभिने वा प्राप्ति (Merger/Acquisition) सम्बन्धी प्रकृया अगाडी बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने सम्बन्धमा । वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।बुटवल पावरले पुस २६ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफा हाल कायाम चुक्ता पुँजीको १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।   कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट भने १० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

ज्योति विकास बैंकको साधारणसभा आह्वान, अधिकृत पुँजी ८ अर्ब पुर्याउने प्रस्ताव

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले साधारणसभा आह्वान गरेको छ  । बैंकले पुस २३ गते शुक्रबार नक्साल स्थित लिसारा रिसेप्सनमा सभा आह्वान गरेको हो  । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम हुने चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.५ प्रतिशत नगद लाभांश गरि कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।   हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७ सय ८१ रुपैयाँ रहेको छ ।   कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : सामान्य प्रस्ताव:  १) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहितको ज्योति विकास बैंक लि. को २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने। ३) लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हालको लेखा परिक्षक टि.आर.उपाध्याय एण्ड कम्पनी पुनः नियुक्तिको लागि योग्य रहेको छ। ४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजनका लागि समेत गरी हाल कायम चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश जम्मा रु. १७,३०१७,०२५ (अक्षरेपी सत्र करोड तीस लाख सत्र हजार पच्चिस मात्र) वितरण गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने। विशेष प्रस्ताव १) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूजीको ११ प्रतिशतले हुन आउने जम्मा रु. ४२,२९,३०,५०६/ (अक्षरेपी बयालिस करोड उनन्तिस लाख तीस हजार पाँच सय छ मात्र) रकम बराबरको बोनश शेयर स्वीकत गर्ने र सोही हदसम्म जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने । बोनस शेयर जारी पश्चात कायम हुन आउने भिन्न अंक (Fraction) लाई भविष्यमा समायोजन गर्ने गरी यथावत राख्ने । २. विकास बैंकको हाल कायम अधिकत पंजी रु. ५,००,०000000/- (पाँच अर्ब रुपैया मात्र) लाई बृद्धि गरी रु.८०००००००००/ (आठ अर्ब रुपैयाँ मात्र) पुयाउने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने । ३) यस विकास बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने (Merger) वा प्राप्ति (Acquisition) गर्ने सन्दर्भमा समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति (Assets) र दायित्व (Liabilities) मूल्याङ्कन (Due Diligence Audit) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत गाभ्ने (Merger) वा प्राप्ति (Acquisition) सम्बन्धमा प्रचलित कानून बमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । ४) उपरोक्त उल्लिखित विषयहरुका सम्बन्धमा विकास बैंकको प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकायबाट संशोधन, परिवर्तन वा थप घट गर्न सझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप घट सहित आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

ज्योति विकास बैंकको लाभांश घोषणा

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम हुने चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.५ प्रतिशत नगद लाभांश गरि कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।   हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७ सय ८१ रुपैयाँ रहेको छ ।कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।