काठमाण्डाै - आज दिउँसो देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मनसुनी न्यून चापीय रेखा नेपालबाट केही उत्तरतर्फ सरेकाले आज देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार आज देशको सुदूरपश्चिम र लुम्बिनी प्रदेशको केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।
बाँकी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागे पनि दिउँसोपछि बदली ...