हात्तीपाइलेविरुद्धको औषधि अभियान बिहीबारबाट सुरु भएको छ । फागुन २५ गतेसम्म चल्ने अभियानमा १५ जिल्लामा औषधि सेवन गराइन लागेको हो । सरकारले सन् २०३० सम्म हात्तीपाइले निवारण गर्ने लक्ष्य लिएको छ ।
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समयावधि बढाइने भएको छ। औषधिको कभेरज ५० प्रतिशत नपुगेपछि फागुन मसान्तसम्म सञ्चालन हुने आमऔषधि सेवन अभियानलाई चैत १५ गतेसम्म बढाइने भएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए। फागुन ११ गतेदेखि अभियान सुरु गरिएको हो। आज नेपालगञ्जमा आयोजना गरिएको औषधि सेवन कार्यक्रमको प्रारम्भिक समीक्षा बैठकमा सरोकारवालाहरुको सुझावको आधारमा […]
धनगढी – कैलालीमा अभियान सुरु भएको १५ औँ दिनसम्म ८० प्रतिशतले हात्तिपाइलेको आौषधि सेवन गरेका छन्। १०औँ पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान असफल भएको कैलालीमा ११औँ पटकको अभियान अहिले पनि जारी रहेको छ। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीका अनुसार अभियान सञ्चालन भएको १५ औँ दिन अर्थात बिहीबारसम्म ८०.०७ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको […]
माेरङ – मोरङमा आउँदो ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान सुरु हुँदैछ । औषधि खुवाउन झण्डै दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ ।
मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सुरेश मेहताले जानकारी दिनुभयो । अभियान १४ दिनसम्म चल्ने उहाँले बताउनुभयो ।
गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले यो औषधि खान हुने डाक्टरले बताएका छन् । हात्तीपाइलेविरुद्धको औषधि खाएप...
मोरङ – मोरङका विभिन्न स्थानमा हात्तीपाइले विरुद्धको औषधि सेवनको ११ औं अभियान जारी रहेको छ। अभियान १ सय ४८ वटा केन्द्रबाट अभियान सुरु गरिएको बताएका विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक दीलिप यादवका अनुसार विविध कारण १० औं पटकसम्मको अभियानले सफलता पाउन नसकेपछि हाल ११ औं अभियान भइरहेको हो। यसपटकको अभियानलाई प्रभावकारी बनाउन जिल्लाका विभिन्न पालिकाहरुले विशेष […]
काठमाण्डाै - १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार आजदेखि झापा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदैछ ।
यी मध्ये झापा, बारा, लमजुङ, पर्वत र बाग्लुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ । १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार जनालाई औषधि खुवा...
दाङ – दाङमा आज शनिबारदेखि हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन कार्यक्रम अभियान सञ्चालन हुँदैछ। जिल्लाका ६ लाख ५५ हजार ७६१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ। हात्तीपाइले रोग निवारण गर्न राष्ट्रिय आम औषधि सेवन कार्यक्रम जिल्लामा १२औं पटक सुरु भएको हो। पटक–पटक कार्यक्रम सञ्चालन गरिए पनि औषधि सेवन गर्ने संख्या कम भएपछि पुनः आम औषधि […]
झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए । प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ । झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए । अभियानअन्तर्गत स्वा
झापा – हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानका लागि आवश्यक जिल्लामा तयारी सुरु गरिएको छ। दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकाले एघारौँपटक अभियान सञ्चालन हुन लागेको हो। भद्रपुर नगरपालिकामा बिहीबार पहिलोपटक अभियानबारे सर्वपक्षीय अन्तक्र्रिया गरिएको छ। कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले हात्तीपाइले रोग, यसबाट बच्ने उपाय, आमऔषधि सेवन अभियान […]
कैलाली : हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत कैलालीमा आजदेखि हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान सुरु भएको छ।कैलालीका १३ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान सुरु भएको स्वास्थ्य कार्यालय कैलालीमा प्रमुख लाल बहादुर धामीले जानकारी दिए।९औं चरणको हात्तीपाइले बिरुद्धको आम औषधी औषधि सेवन अभियान १० दिन सम्म चल्ने कार्यालयका प्रमुख लाल बहादुर धामीले बताए।उनले भने, ‘जिल्लामा ८ लाख ४१ हजार २ सय १ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ। सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा हात्तीपाइले