अर्थतन्त्रका अशुभ संकेत

अति कम विकसित राष्ट्रबाट माथि उठ्न संघर्ष गरिरहेको हाम्रो जस्तो मुलुकलाई फजुल खर्च घटाएर पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, शुद्ध पिउने पानी जस्ता क्षेत्रमा लगानी गर्नुपर्ने खाँचो छ। विडम्बना, चालु बजेटको मध्यावधि अवस्थाले अहिलेको सरकारको गति सही बाटोत...

सम्बन्धित सामग्री

आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत

असोजमा आयात बढेको छ भने निजी क्षेत्रमा प्रवाह हुने कर्जामा पनि सुधार भएको छ । ब्याजदर घट्दो क्रममा रहेकोले बाह्य क्षेत्र बलियो बन्दै जाँदा आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत देखिन्छ ।

‘बैंकमात्रै नाफामा हुनु अर्थतन्त्रका लागि राम्रो संकेत होइन’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंक मात्रै नाफामा हुनु अर्थतन्त्रका लागि राम्रो नभएको बताएका छन् । उनले बैंकसहित केही अन्तरराष्ट्रिय उद्योगी पनि नाफामै रहेको तर त्यसभन्दा बाहेकका उद्योगी व्यवसायी, घरेलु तथा लघु उद्योग घाटामा चल्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरे । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४औं तथा महिला उद्यम समितिको २०औं वार्षिक साधारणसभालाई बुधवार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुलुकको आर्थिक अवस्था झन् झन् कमजोर बन्दै गएको र रेमिट्यान्सले मात्रै मुलुक चल्नुपर्ने अवस्था आयो भन्नु सबैका लागि दु:खद रहेको उनको भनाइ थियो । ‘आर्थिक अवस्था कमजोर बन्दै गएको छ, रेमिट्यान्सको भरमा मुलुक चल्दै छ,’ कार्कीले भने, ‘आयात बढेको तथ्यांक देखिइरहेका छन्, अर्थतन्त्र समस्याको डिलमा पुगेको छ ।’ तीनै तहको सरकार मिलेर घरेलु र लघु उद्यमीलाई प्रोत्साहनका कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री कार्कीले संघीय सरकारले बनाउने नीतिमै साना तथा घरेलु, लघु, कुटीर उद्योगलाई सहयोग गर्ने कार्यक्रम समेटिनुपर्ने बताए । प्रदेशको आगामी बजेटमा साना उद्यमीले उत्पादन गरेका सामग्रीको बजारको सुनिश्चितता गर्न बजारको खोजीसम्बन्धी अध्ययन अनुसन्धानमा प्रदेश सरकारले सहयोग गर्न सक्ने आश्वासन उनले दिए । कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला, मन्त्रालयका सचिव, उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो । साधारणसभामा चारजना लघु उद्यमीलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा पथरी शनिश्चरे–२ स्थित न्यू गोर्खाली पाउरोटी उद्योगका सञ्चालक तुलसी ढकाल, एकसय जनालाई रोजगारी दिन सफल व्यवसायी चामुण्डा गार्मेन्टका सञ्चालक नरेश खत्री, विराटनगरको बरगाछीमा ब्यूटीपार्लर सञ्चालन गर्दै आएकी सायदा तबसुम, विराटनगर–१० स्थित पोखरेल कुटानी पिसानी मिलकी सञ्चालक यमुना पोखरेल छन् ।

अर्थतन्त्रमा दबाब कायमै

रेमिटेन्स आगमनमा वृद्धि लगायत अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधारका संकेत देखिए पनि व्याजदर वृद्धि, महँगी लगायतका कारणले अर्थतन्त्र समस्या मुक्त हुन सकेको छैन।...

अर्थतन्त्रका बाह्य क्षेत्रका सूचकमा सुधारको संकेत, दबाव कायमै

अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि बाह्य क्षेत्रको दबाव भने कम नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आयात नियन्त्रणले अर्थतन्त्रमा सुधारको संकेत

३१ साउन काठमाडौं । सरकारले आयात नियन्त्रण गर्ने नीति लिएपछि आर्थिक वर्ष २०७८/७९ को पछिल्लो तीन महिनामा अर्थतन्त्रका बाह्य सूचकमा सुधारको संकेत देखिएको छ । विदेशी मुद्रा सञ्चितिमा दबाव बढ्दै गएपछि सरकारले गत पुसबाट नै आयात नियन्त्रणका लागि कदमहरु चालेको थियो । गत आर्थिक वर्षको पुसमा नै आयात नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले केही वस्तुको […]

एमालेले भन्यो- अर्थतन्त्रमा गम्भीर अनिष्टको संकेत

९ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालले अर्थतन्त्रका सूचकले भविष्यमा गम्भीर अनिष्टको संकेत गरेको ठहर गरेको छ । सरकारको कडा आलोचना गर्दै अध्यक्ष केपी शर्मा ओली आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा यस्तो बेला अर्थमन्त्रालय पोलिसी सेटिङमा रहेको आरोप लाग्नु उचित नभएको उल्लेख छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाको विवरणले मुलुक आर्थिक […]

अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेत देखिन थाल्यो : अर्थविद्

अर्थविद्हरुले मुुलुकको अर्थतन्त्रमा गम्भीर संकट आउने गरी ओरालो लागेको बताएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले गरेको छलफलमा उनीहरुले अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक देखिएकाले मुुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेत देखिन थालेको बताएका हुन् । समितिको छलफलमा अर्थविद् डा.चन्द्रमणी अधिकारीले विश्व अर्थतन्त्रमा नै मन्दि आउने संकेत देखिएकाले त्यसको प्रभाव नेपालमा पनि परेको बताए । अर्थविद् […]

अर्थतन्त्रका सूचकको मिश्रित संकेत

चालू आर्थिक वर्षको तेस्रो महीना अर्थात् असोज मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकमा मिश्रित संकेत देखिएको छ । असोजसम्म आउँदा केही सूचक सुधारोन्मुख देखिएका छन् भने कतिपयको अवस्था झन् बिग्रँदै गएको छ ।नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार असोजसम्म आउँदा विदेशी मुद्रा सञ्चिति (डलर) थप घटेको छ । यस्तै, चालू खाता घाटा पनि ह्वात्तै बढेको छ । यसैगरी मूल्यवृद्धि थप बढेको छ भने विप्रेषण आप्रवाह झनै घ

अर्थतन्त्रका सूचकहरूमा मिश्रित संकेत

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो महीना अर्थात् असोज मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकमा मिश्रित संकेत देखिएको छ । असोजसम्म आउँदा केही सूचक सुधारोन्मुख देखिएका छन् भने कतिपयको अवस्था झन् बिग्रँदै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार असोजसम्म आउँदा विदेशी मुद्रा सञ्चिति (डलर) थप घटेको छ । यस्तै, चालू खाता घाटा पनि ह्वात्तै बढेको छ । यसैगरी मूल्यवृद्धि थप बढेको छ भने विप्रेषण आप्रवाह झनै घटेको छ । तर, शोधनान्तर घाटा भने केही कम भएको छ । साथै, वैदेशिक व्यापारघाटाको वृद्धिदर पनि कम भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस्तै, भ्रमण आय तथा प्रत्यक्ष वैदेशिक लगानीमा राम्रो वृद्धि देखिएको छ । असोजसम्म आउँदा विदेशी मुद्रा सञ्चिति घटेर १० अर्ब ९८ करोड डलर कायम भएको छ । गत असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ११ अर्ब ७५ करोड डलर रहेको थियो । तर, त्यो निरन्तर ओरालो लागेको छ । चाडपर्वको सिजनमा पनि विप्रेषण आप्रवाह घट्ने क्रमले निरन्तरता पाएको छ । असोज मसान्तसम्म आउँदा ७ दशमलव ६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा भने विप्रेषण आप्रवाह १२ दशमलव ७ प्रतिशतले घटेको थियो । तर, चालू आवको शुरूदेखि नै विप्रेषण आप्रवाह घट्दै गएको छ । असोज मसान्तसम्म नेपालमा रू.२ खर्ब ३९ अर्ब ३२ करोड विप्रेषण आएको छ । गत आवको सोही अवधिमा २ खर्ब ५८ अर्ब ८६ करोड विप्रेषण आएको थियो । असोजसम्ममा चालू खाता घाटा रू. १ खर्ब ५१ अर्ब ७० करोड पुगेको छ । गत साउनमा रू. ४७ अर्ब ९० करोड र भदौ मसान्तसम्ममा रू. १ खर्ब ७ अर्ब ७५ करोड यस्तो घाटा रहेको थियो । गत आवको समीक्षा अवधिमा चालू खाता रू ३३ अर्ब ३८ करोडले बचत रहेको थियो । असोजमा मूल्यवृद्धि थप बढेको छ । गत भदौमा ३ दशमलव ४९ प्रतिशत रहेको मूल्यवृद्धि (मुद्रास्फीति) अहिले बढेर ४ दशमलव २४ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म आउँदा शोधनान्तर घाटा भने केही कम भएको छ । गत भदौमा रू. ८३ अर्ब ४१ करोड रहेको शोधनान्तर घाटा अहिले रू. ७६ अर्ब १३ करोडमा सीमित भएको छ । प्रत्यक्ष वैदेशिक लगानी पनि बढेको छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ७३ दशमललव ५ प्रतिशतले बढेर रू. ५ अर्ब ७ करोड पुगेको छ । गत आवको सोही अवधिमा वैदेशिक लगानी रू. २ अर्ब ९२ करोड रहेको थियो । वैदेशिक लगानी बढ्दा शोधनान्तर घाटामा कमी आएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । समग्र अर्थतन्त्रमा भने सुधार नदेखिएको उनको भनाइ छ । अर्थतन्त्रलाई सुधार गर्नका लागि राष्ट्र बैंकले आफ्प्mनो ठाउँदेखि विभिन्न पहल गरिरहेको उनको भनाइ छ । राष्ट्र बैंकले सुनलगायत विलासिताका वस्तुको आयातमा कडाइ गर्ने तयारी गरेको छ ।

अर्थतन्त्रको असजिलो

कोरोना कालको दुई वर्ष पुग्दा/नपुग्दै अर्थतन्त्रका सूचकले त्यति राम्रो संकेत गरेका छैनन्। सरकारले सुधारका उपाय अपनाउन नसके आगामी दिनमा असजिलो पर्ने संकेत परिसूचकहरूले दिएका छन्।...