कैयौं वर्षदेखि राजनीतिक दलहरूको गतिविधिकै कारण जनता आजित छन् । जताततै एउटै गुनासो, एउटै नैराश्यता अनि एउटै आरोप सुनिन्छ– देशको यो हालतको जिम्मेवार यहाँका नेता हुन्, कार्यकर्ता हुन् । यिनीहरूले नै देश बिगारे ।माथिको भनाइमा आंशिक सहमत हुन सकिएला तर पूर्ण सहमत हुन पक्कै सकिंदैन । किनभने नेता भनेका कुनै अर्कै ग्रहबाट आएका ‘एलियन’ होइनन् कि जो अचानक प्रकट भएर हामीमाथि शासन गरून् ।यी त हाम्रै समाजका सह–उत्पादन हुन् । तपाईं हाम्रै प्रतिनिधि अनुहार हुन् र तिनीहरूलाई जन्माउने हुर्