राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा-अर्चना

६ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा गएर पूजा-अर्चना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज आइतबार बिहान उनी सहभागी भएका हुन् । त्यसक्रममा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरे । उनले शालीनदीमा जलअभिषेक गरे र बज्रयोगिनी मन्दिरमासमेत दर्शन […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्वारा तीन प्रदेशका प्रमुख पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको छ । सरकारको सिफारिशमा उहाँले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको हो । फागुन २८ गतेको मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसअनुसार राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई आज पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सत्ता गठबन्धन बदलिएसंगै …

राष्ट्रपति पौडेलद्वारा प्रभु बैंकका सिईओ शेरचन सम्मानित

काठमाडौं, ११ पुष । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रभु बैंक लिमिटेडका सीईओ अशोक शेरचन सम्मानित भएका छन् । आज (बुधबार) सातौं बागलुङ महोत्सवमा शेरचन राष्ट्रपति पौडेलद्वारा सम्मानित भएका हुन् । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा सफल नेतृत्व गरेको र बैकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै सिइओ शेरचनलाई सम्मान गरिएको हो । शेरचनपनि […]

राष्ट्रपति पौडेलद्वारा टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवास शीलतनिवासमा बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा उहाँले बहिनीहरूबाट टीका ग्रहण गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको …

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन

काठमाडौँ ५ कात्तिक (रासस) : बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गर्नुभएको छ । शक्तिपीठमा दर्शनका क्रममा उहाँकी धर्मपत्नी प्रथम महिला सविता पौडेल पनि सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती पुग्नुभई दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभयो […]

राष्ट्रपति पौडेलद्वारा गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत प्राडा रामस्वार्थ रायलाई फिनल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका […]

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाअर्चना

धनुषा - राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाममा रहेकाे जानकी मन्दिरमा पूजाअर्चना र दर्शन गर्नुभएको छ । उहाँले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुकासाथै अखण्ड कीर्तनकाे दर्शन एवं प्रसाद ग्रहण गर्नु भएकाे हाे ।  राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरका मेयर तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभएको थियो । ...

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा बिहीबार अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गर्नुभएको हो । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाउनुभएको हो । सो अवसरमा राष्ट्रपति …

राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त दिन अपराह्न ४ बजे आह्वान गरिएको छ । प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव […] The post राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपति पौडेलद्वारा पत्रकार कुईंकेल विभूषित

काठमाडौं, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलबाट पत्रकार एवं मानव अधिकारकर्मी राजन प्रसाद कुईकेल विभूषित भएका छन् । विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई शुक्रबार मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नेक्रममा राष्ट्रपति पौडेलले पत्रकार कुईंकेललाई जनसेवाश्री पदकबाट सुशोभित गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले उक्त मानपदवी, अलंकार र पदक शुक्रबार प्रदान […]

राष्ट्रपति पौडेलद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले किर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन् । उनलाई पार्कमा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, काठमाडौऔ १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए । सो अवसरमा नवनिर्वाचित राष्ट्रपति […]