राष्ट्रपति पौडेलद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले किर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन् । उनलाई पार्कमा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, काठमाडौऔ १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए । सो अवसरमा नवनिर्वाचित राष्ट्रपति […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण - NepaliPatra

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्तीको अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित उनको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन् । उनले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् । सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्र...

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा सडक खाली गराएर पशुपतिनाथको दर्शन

काठमाण्डाै - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नै वाचा बिर्सेर सडक खाली गराएर आज पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । उहाँ बिहान दर्शन तथा पूजाका लागि पशुपतिनाथ पुग्दा र त्यहाँबाट वीपीको शालिकमा माल्यार्पण गर्न सुन्दरीजल जाने क्रममा सडकको बायाँ लेन खाली गरिएको थियो ।सडक खाली गर्दै ट्राफिक प्रहरीले रोकेपछि जाममा फसेका नागरिकले असन्तुष्टि जनाएका छन् । नवनिर्वाचित राष्ट्रपति पौडेल बिहान ९ बजेतिर दर्शनका लागि पशुपतिनाथ पुग्नुभएको थियो । उहाँले त्यहाँ झण्डै डेढ घण्टा पूजा गर्नुभयो । पशुपतिको दर्शनपछि साढे १० बजेतिर...