पहिले त जनप्रतिनिधिका रुपमा नगरवासीले मलाई जुन जिम्मेवारी दिनुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु । सुरुमा हामीलाई यो सङ्घीय संरचना अलि जटिल भएको थियो । बुझ्न अस्पष्ट नै भएको थियो । गाउँ गाउँमा सिंहदरबार घरघरमा अधिकार भन्दै गर्दा यो अधिकार कसरी सुनिश्चित गर्न सकिएला, कसरी घरघरमा पुर्याउन सकिएला भन्ने कुराले चिन्तित थियौँ । तर, गर्दै भन्दै जाँदा कामले कामलाई सिकाउने हो भनेजस्तै अहिले हामी यसमा सहज ढङ्गले जान सफल भएका छौँ । यसले हाम्रो हिम्मत पनि बढाएको छ । कामले नै मान्छेलाई महान बनाउँछ भने उद्देश्यका साथ अघि बढिरहेका...