म्याग्दी – बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा घरटहरा हटाउने प्रक्रिया सुरु गरिएको छ। बेनी–जोमसोम–कोरला सडक योजनाले यही फागुन ११ गते एक सूचना जारी गरी फागुन २५ गतेभित्र तिप्ल्याङस्थित सडक छेउका घरटहरा हटाउन र क्षतिपूर्ति बुझ्न आह्वान गरिसकेको छ। सो क्षेत्रमा दुवैतर्फ नाली निर्माण गर्नुपर्ने भएकाले २० वटा घरटहरा र गोठ हटाउन लागिएको आयोजनाका सूचना […]