यूरोपेली फुटबल संघ(यूइएफए)ले प्रत्येक दुई वर्षमा फुटबल विश्वकप आयोजना गर्ने प्रस्तावमा असहमति जनाएको छ । यूइएफएका अध्यक्ष अलेक्जेण्डर सेफेरिनले प्रत्येक दुई वर्षमा आयोजना गर्दा विश्वकप फुटबल तुहिने प्रतिक्रिया दिनुभएको हो ।
फुटबलको सर्बोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले प्रत्येक दुई वर्षमा विश्वकप आयोजना गर्नेबारे सम्भाब्यता अध्ययन गर्दैछ । जसमा महिला र पुरुष दुबै टोलिको विश्वकपको अध्ययन हुँदैछ । सऊदी अरेबिया फुटबल एशोसिएशनले गत् मई महिनामा उक्त प्रस्ताब फिफा समक्ष राखेको थियो । अध्ययन र परामर्श प्रकृयाको काम आर्सनलका पूर्ब प्रशिक्षक आसर्नेन वेङ्गरले गर्नुभएको छ । उहाँले गत् मई महिनामा फिफा विश्वकप र यूरो कप फुटबल प्रत्येक दुई वर्षमा हुनुपर्ने आशय राख्नुभएको थियो ।