शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरको फोहोर व्यवस्थापन कार्यमा आफ्नो पूर्ण सहयोग रहने बताएकी छिन् । बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको समेत बताइन्। “तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन बञ्चरेडाँडामा पुरानै किसिमले गरेपनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी छ । महानगरसँग मन्त्रालय सधैं सँ