सुरुमा बाटो बनाइदेऊ भनेर आन्दोलन गरेका स्थानीय अहिले छिटो काम सम्पन्न गरिदिन माग गरिरहेका छन् । उनीहरुले प्रशासन घेरे, मन्त्री गुहारे, धर्ना बसे तर धुलो र हिलोबाट मुक्ति पाएका छैनन् ।
निर्माणको जिम्मा लिएको सडक अलपत्र पार्ने ठेकेदारको धरौटी रकम जफत गरिएको छ । सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार पुग्ने मंगलगढी - काँक्रेविहार सडक वर्षौंदेखि अलपत्र पारेको भन्दै पूर्वाधार विकास निर्देशनालयले अमर-सिस्ने नेपाल-मेघा कम्पनीको धरौटी रकम जफत गरेको हो ।
काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको निर्माण जिम्मा लिएको सिएमसी कम्पनीको नेपालका दुई बैंकका रहेको धरौटी रकम जफत नगर्न पाटन उच्च अदालतले सरकारलाई आदेश दिएको छ। सिएमसी कम्पनीले काम नसक्दै भाग्न खोजेपछि नेपालमा रहेको धरौटी रकम रोक्न मेलम्ची खानेपानी आयोजनाले निर्देशन दिएको र जफत गर्ने संकेत सरकारले गरेको अवस्थाम...
वाईपी कन्स्ट्रक्सन प्रालिले १० वर्षसम्म पनि पुल निर्माण नगरेपछि सरकारले पेस्की रकम फिर्ता र कम्पनीको धरौटी रकम जफत गरेको छ। कम्पनीलाई आठ करोड ५७ लाख ९५ हजार ६२६ रुपियाँ जरिवानासमेत तोकिएको छ। मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी नदीको पुल निर्माण गर्ने जिम्मा लिएको सो कम्पनीले पुल निर्माण अलपत्र पारेपछि सरकारले दुई करोड ६० लाख पेस्की रकम र ७२ लाख धरौटी रकम जफत गरेको हो। मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका अनुसार १० वर्षसम्म पनि पुल निर्माण नगरेपछि पेस्की रकम फिर्ता, धरौटी जफत गरेर जरिवाना गर्ने निर्णय गरिएको हो।