काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्ती मगरले आफू निर्वाचित भएमा जोरपाटी–साँखु सडक दुई वर्षभित्र स्तरोन्नति गर्न नसके राजीनामा दिने घोषणा गरिन्।माओवादी केन्द्रबाट उम्मेदवार बनेकी घर्तीले ३० असोजमा उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रम सो कुरा बताएकी थिइन्। वर्षौंदेखि चुनावी एजेण्डामा सिमित बनेको चावहिल साँखु सडक यस पटकको निर्वाचनमा पनि अछुतो रहन सकेन। ओनसरीले साँखु सडकलाई आफ्नो चुनावी एजेण्डा नै बनाए