भारतीय टेलिभिजनलाई प्रधानमन्त्रीले भनेः आकारमा ठूलो सानो होला, दुवै देशको हैसियत बराबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग समानताको आधारमा मित्रता गर्न चाहेको बताउनुभएको छ । उहाँले भारत र नेपालबीचको सम्बन्ध कुनै बडेभाइ र छोटेभाइको जस्तो नभइ समान सार्वभौमसत्ता सम्पन्न देशको सम्बन्ध भएको पनि स्पष्ट पार्नुभएको छ । सोमबार साँझ भारतीय टेलिभिजन च्यानल जीन्युजलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौमिता बराबरी हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभइ समान हैसियत भएको पनि स्पष्ट पार्नुभयो । ओलीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले नक्सा सार्वजनिक गरेपछि त्यसबारे कूटनीतिक नोट पठाएको जानकारी दिँदै त्यसको वेवास्ता गरेर भारतले सडक उद्घाटन गरेको बताउनुभयो । कालापानी लगायतको क्षेत्र नेपाली भूमी भएको स्पष्ट सन्देश दिँदै प्रधानमन्त्रीले वार्ताका माध्यमबाट समस्या समाधान गर्न नेपाल तयार रहेको पनि बताउनुभयो । ओलीले नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देश विरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिने पनि स्पष्ट पार्नुभयो । उहाँले नेपाल भारत र चीनलाई फरक ढंगले व्यवहार गर्ने नभइ पञ्चशीलको सिद्धान्तका आधारमा व्यवहार गर्ने र असंलग्न परराष्ट्र नीति अंगिकार गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशमा शान्ति कायम भएमा नै नेपाल पनि सुरक्षित हुने बताउनुभयो । उहाँले दुई ठूला हात्ती आपसमा लडेपनि र माया गरेपनि बारीको नोक्सान हुने उदाहरण दिँदै भारत र चीन लडेमा नेपालले नोक्सान व्यहोर्नुपर्ने बताउनुभयो । यदी दुवै देशले चाहेमा आफू वार्ताका लागि मध्यस्थता गर्न तयार रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

सम्बन्धित सामग्री

‘सानो कोरिया’को सम्भावना

कोरिया सरकारले उपलब्ध गराएको रोजगारीबाट स्वदेश फर्केका युवाहरू नेपालमा आफैं एउटा ‘सानो कोरिया’ जस्ता हुन्। तिनले त्यहाँबाट कमाइ गरेर पैसा मात्र ल्याउँदैनन्, ल्याउँछन् साथमा भाषा, संस्कृति र सिप।...

‘सानो कोरिया’ को सम्भावना

कोरिया सरकारले उपलब्ध गराएको रोजगारीबाट स्वदेश फर्केका युवाहरू नेपालमा आफैं एउटा ‘सानो कोरिया’ जस्ता हुन्। तिनले त्यहाँबाट कमाइ गरेर पैसा मात्र ल्याउँदैनन्, ल्याउँछन् साथमा भाषा, संस्कृति र सिप।...

यसरी गरौं सानो क्षेत्रफलमा बगैँचाको व्यवस्थापन

काठमाडौंलगायत सहरी क्षेत्रमा बगैँचा बनाउनका लागि पर्याप्त जमिनको कमी हुन सक्छ । यस्तोमा तपाईंले आफ्नो सानो स्पेस, घरको कौसी वा बरन्डामा पनि गमलामा फूल रोप्न सक्नुहुन्छ । तर, जहाँ रोपे पनि तपाईंले...

सानो काभ्रे र लाखाजुङ आरपी गुरुङ कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सानो काभ्रे र लाखाजुङ दोस्रो संस्करणको आरपी गुरुङ कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको क्वाटफाइनलमा सफलता हात पार्दै सानो काभ्रे र लाखाजुङले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । परिवर्तन युवा क्लब दुधपोखरी ५ कोल्की–सिम्ले लमजुङको नव निर्मित रंगशालामा बुधबार भएको क्वाटरफाइनलमा सानो […]

ठूलो हुँ कि सानो?

ठूलो भइस् भन्नुहुन्छ, सानो पनि भन्ने, सिक्दैछौ नि भन्नुहुन्छ, जान्यो पनि भन्ने। बनेको छु ठूलो सानो, परेको छु अल्मल,आमाबाबा किन यस्तो, गरौं न एक छलफल।...

आशिष र जुनुको ‘सानो सानो कुरामा’

गायक आशिष सचिनको स्वर, सन्तोष सुनुवारको शब्द तथा संगीतमा तयार भएको ‘सानो सानो कुरामा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोलाई भारतको आसाममा छायांकन गरिएको हो । पारिवारिक प्रेम कथामा आधारित रहेको यो गीतको भिडियोमा गायक आशिष सचिन र मोडल जुनु नाथको अभिनय छ । भिडियोमा आशिष र जुनुलाई नव–बिबाहित जोडीको रुपमा […]

आशिषले ल्याए ‘सानो सानो कुरामा’

काठमाडौं–‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’लगायत हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘सानो सानो कुरामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोष सुनुवारको शब्द तथा संगीत छ । शुक्रबार सार्वजनिक गरिएको भिडियो भारतको आसाममा छायांकन गरिएको हो । पारिवारिक प्रेम कथामा आधारित रहेको भिडियोमा आशिषसँग आसामकी सुन्दरी मोडल जुनु नाथको […]

‘सानो पाइला’ले एक लाख मास्क वितरण गर्ने

१४ असोज, वीरगञ्ज । ‘नेपाल मास्क अभियान’का लागि सानो पाइला नामक गैरसरकारी संस्थाले एक लाख मास्क वितरण गर्ने घोषणा गरेको छ । मास्क प्रयोग बढाउन सरकारले शुरु गरेको ‘नेपाल मास्क अभियान’मा ऐक्यबद्धता जनाउँदै सानो पाइलाले एक लाख मास्क वितरण गर्ने घोषणा गरेको हो । संस्थाका संस्थापक कञ्चन झाले भने, ‘आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित […]

आज सानो आकारको मन्त्रिपरिषद् बन्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो मन्त्रिपरिषद्को विस्तार गर्ने हुनुभएको छ । सर्वोच्च अदालतको निर्णय अनुसार आज प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले सानो मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ । सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगतै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो । […]

आईबीएमले बनायो संसारकै सानो र शक्तिशाली माइक्रोचिप

अमेरिकास्थित बहुर्राष्ट्रिय प्रविधि कम्पनी इन्टरनेशनल बिजनेस मेसिन कर्पोरेसन अर्थात् आईबीएमले संसारकै सानो आकारको तथा शक्तिशाली माइक्रोचिप बनाएको छ । दुई नानोमिटर साइजको उक्त माइक्रोचिप अहिलेसम्म उपलब्ध माइक्रोचिपमा सबैभन्दा सानो र शक्तिशाली भएको आईबीएमले जनाएको छ । हाल अधिकांश कम्प्युटर चिप्सयुक्त डिभाइसमा ७ वा १० नानोमिटरका माइक्रोचिप प्रोसेसर प्रयोग हुने गरेका छन् । कतिपय उत्पादकहरुले ५ […]