डोटी। डोटीको पूर्वीचौँकी गाउँपालिका–३ गैरागाउँमा गत बुधबार राती खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर भत्किदाँ च्यापिएर मृत्यु भएका मृतक ६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्तहरु पदमबहादुर बोहरालाई चार लाख, विष्नादेवी बोहरालाई तीन लाख र महावीर बोहरालाई दुई लाख राहत रकम घटनास्थलमा गई वितरण गरिएको […]