फोक्सिन्टारको पक्की पुल अन्तिम चरणमा, अब बेलिब्रीज लगाउनु नपर्ने

कोसीमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेसँगै हरेक वर्ष जडान गर्दै खोल्ने गरिएको बेलिब्रीज यो वर्षदेखि लगाउन नपर्ने भएको हो।...

सम्बन्धित सामग्री

मदन भण्डारी लोकमार्गः खैराहा र असारीको पुल अन्तिम चरणमा

पूर्व झापादेखि पश्चिमको डढेलधुरालाई जोड्ने राष्ट्रिय गौरवको योजना ‘मदन भण्डारी लोकमार्ग’ अन्तर्गत उदयपुर खण्डमा निर्माणाधीन ४ वटा मोटरेबल पक्की पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्।...

फोक्सिङटारमा पक्की पुल निर्माण अन्तिम चरणमा

सुनकोसी नदीस्थित फोक्सिङटारमा पक्की पुल निर्माण अन्तिम चरण पुगेको छ । बिहीबार पुलको अन्तिम स्लाब ढलान सकिएको हो । खोटाङ र उदयपुरलाई सीधा यातायातले जोड्न ९ वर्षअघि पुल निर्माण सुरु गरिएको थियो । यो १ सय २० मिटर लामो ‘आर्क’ डिजाइनको पक्की पुल हो ।

फोक्सिनटार पुल अन्तिम चरणमा

उदयपुर– नेपालको दोस्रो आर्क ब्रिज उदयपुर-खोटाङ जोड्ने फोक्सिन्टारमा निर्माणाधीन पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । १० वर्षअघि नै निर्माण सुरू भए पनि विभिन्न कारणले पटक पटक अलपत्र पर्दै आएको यो पुल यस वर्ष भने पूरा हुने चरणमा छ ।  पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले चार वर्ष काम नै नगरी अलपत्र छाडेको थियो […]

निर्माणाधीन पक्की पुल

तनहुँको व्यास नगरपालिका–९ स्थित कवादी खोलामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल । दुई करोड लागतमा निर्मित पुल अन्तिम चरणमा पुगेको छ । तस्बिर ः रासस

कर्णाली र सुदूरपश्चिम जोड्ने दोस्रो पक्की पुल तयार

सुर्खेत- कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ । सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्ने गरी निर्माण थालिएको सडक पुलको काम अन्तिम चरणमा पुगेको छ हो । निर्माणको काम १५ प्रतिशत बाँकी रहे पनि सवारीसाधन भने उक्त पुलमा सञ्चालन गर्न सकिने निर्माण कम्पनी अनक कन्स्ट्रक्सनले बताएको छ […]

कर्णाली र सुदूरपश्चिम जोड्ने दोस्रो पक्की पुल तयार

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ । सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्ने गरी निर्माण थालिएको सडक पुलको काम अन्तिम चरणमा पुगेको हो ।निर्माणको काम १५ प्रतिशत बाँकी रहे पनि सवारीसाधन भने उक्त पुलमा सञ्चालन गर्न सकिने निर्माण कम्पनी अनक कन्स्ट्रक्सनले बताएको छ । ५५० मिटर लामो उक्त पुलको निर्माण कार्य दशैंसम्म पूरा हुने कन्स्ट्रक्सनले बताएको छ । अनक कन्स्ट्रक्सनले नै बनाइरहेको पञ्चपुरी नगरपालिका र मोहन्याल गाउँपालि

बागमती नदीमा पक्की पुल

बागमती । बागमती प्रदेशको राजधानी हेटाँैडा र सिन्धुली जोड्ने  सडकखण्डअन्तर्गत बागमती नदीमा पक्की पुल निर्माण भएको छ । सिन्धुलीको हरिपुरगढी गाउँपालिका–४ तथा मकवानपुरको बागमती गाउँपालिका–४ जोड्ने बागमती नदीमा पक्की पुल निर्माण भएको मदन भण्डारी राजमार्ग योजनाको कार्यालय हेटाँैडाले जनाएको छ । पुल निर्माणले सो क्षेत्रको आवागमन सहज भएको छ । विसं २०६८ असार २९ गतेदेखि शुरू भएको सो पुल ११ वर्षपछि निर्माण भए सँगै सवारीसाधन आवागमन शुरू भएको छ । सडकको दायाँबायाँ एप्रोच सडक कालोपत्र र तटबन्ध निर्माणको काम पनि भइरहेको छ । ११ ओटा स्पान रहेको पुलको लम्बाइ ४०५ मिटर लामो रहेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले बताए । सो पुल निर्माण सम्पन्न भएपछि प्रदेश राजधानी हेटौंडा जान सिन्धुली, रामेछाप, काभे्र र दोलखालगायतका जिल्लालाई सहज भएको छ । सो क्षेत्रमा पुल नहुँदा नदी तरेर जानुपर्ने बाध्यता थियो । तत्कालीन अवस्थामा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रुपमा  देखिएको उक्त राजमार्गलाई हाल मदनभण्डारी नामकरण गरिएको छ । मदनभण्डारी राजमार्गको पश्चिमतर्फ सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्म कुल ११५ किमी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २० करोड ६२ लाखमा निर्माण हुने सो पुल पाँच वर्षमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणमा आलटाल गरेपछि समयावधि थपगरी २०७५ असोजसम्म बनाइएको थियो । रासस

निर्माणको अन्तिम चरणमा पुगेको पुल बाढीले भत्कायो

सिन्धुली- सिन्धुलीमा झण्डै साढे चार करोड लागतमा निर्माणाधीन पक्की पुल बाढीले भत्काएको छ । आइतबार राति ग्वाङखोलामा आएको बाढीले कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नं ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल भत्काएको हो ।ढलानको तयारीमा रहेको पुलका सबै संरचना भत्काएको निर्माण कम्पनीले जनाएको छ । खोलामा पानी निकासका लागि […]

रोल्पाका १४ ओटा खोलामा पक्की पुल बन्दै

मंसिर २०, रोल्पा  । रोल्पाका खोलामा पक्की पुल नहुँदा आवतजावतमा सास्ती भोग्दै आएका ग्रामीण क्षेत्रका जनताको सुविधाका लागि एकैपटक विभिन्न स्थानमा पक्की पुल निर्माण शुरु भएकोे छ ।  खहरे खोला रहेका यहाँका भित्री सडकमा समेत बाह्रै महीना सवारी साधन सञ्चालन गर्न विभिन्न १४ ओटा खोलामा पक्की पुल निर्माण गर्न थालिएको हो । संघ र प्रदेश सरकारको लागतमा निर्माण गर्न थालिएका पक्की पुल निर्माणसँगै जिल्लाका भित्री सडक सञ्चालनमा सहज हुने देखिएको छ ।  लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयबाट गत वर्ष जिल्लाका विभिन्न आठ स्थानमा पुल निर्माणको योजना स्वीकृत भएको थियो । अघिल्लो वर्ष स्वीकृत योजनामध्ये दुई ओटा निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेका छन् भने बाँकी छ ओटा निर्माणको चरणमा छन् ।  चालू आर्थिक वर्षमा संघीय सरकारबाट एक र लुम्बिनी प्रदेश सरकारबाट पाँचसमेत थप ६ ओटा पक्की पुल स्वीकृत भएका छन् । चालू आव र अघिल्लो आवसमेत गरी जिल्लामा १४ ओटामध्ये दुई ओटा पुल निर्माण सम्पन्न भएको र बाँकी १२ ओटा निर्माणको चरणमा रहेको सडक पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयद्वारा निर्माण गरिएका ती पुल सडक पूर्वाधार कार्यालयले कार्यान्वयन गर्दै आएको छ । जिल्लाका दशओटै स्थानीय तहमा पुल निर्माण कार्य भइरहेको छ । आफ्नो स्थानीय तहभित्र निर्माण गरिने पुल यथाशीघ्र सम्पन्न गर्न स्थानीय निकायले पनि निगरानी गरिरहेका कारण सबै पुल समयमै निर्माण हुने आशा पलाएको छ । परिवर्तन गाउँपालिकाको माडीचौर खोलामा निर्माणाधीन पुल असार मसान्तसम्म सकिने गरी काम अघि बढेको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको भनाइ छ ।  उनी जस्तै अन्य स्थानीय निकायले पनि पुल निर्माणका लागि निरन्तर चासो दिएका कारण निर्माण व्यवसायी समयमै काम गर्न बाध्य भएको बताइन्छ । अघिल्लो वर्ष स्वीकृत योजनामध्ये लुंग्री खोला र जीवे खोला पुल निर्माण भई उद्घाटनसमेत भइसकेका छन् । अघिल्लो वर्ष स्वीकृत भई निर्माणका क्रममा रहेका धाँसीखोला, माडीचौरखोला, घोडाचौरखोला र उवाखोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेका छन् ।  यस वर्ष स्वीकृत पाछावाङ खोला, बाजाबाङ खोला, जुतुङखोला, माडीखोला, तार्केवाङ, लोटचौर खोला र पैसी खोलामा पुल निर्माणको प्रारम्भिक चरणमा रहेको कार्यालयका प्रमुख दीपक डाँगी बताउँछन्  । सुनछहरी गाउँपालिकाको फुलिवन पहिराका कारण उवाखोला पुल निर्माणमा समस्या देखिए पनि अरु योजनामा भने कुनै समस्या छैन कार्यालय प्रमुख डाँगी भन्छन् । उक्त खोला जाने बाटो पहिराले अवरुद्ध पारेका कारण पहिरो आउनुअघि भएको काम पूरा गर्न तत्काल गर्न नसकिएको उनको भनाइ छ  । रासस

तस्वीर : कावा खोलामा निर्माणाधीन पक्की पुल

भोजपुरको रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामा निर्माण हुँदै गरेको पक्की पुल । यो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रू. पाँच करोड भन्दाबढी लागतमा निर्माण भइरहेको पुलको ४५ मिटर लम्बाई, ६ मिटर चौडाई र एक दशमलव २० मिटरको दुवै तिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको हो  । तस्वीर : रासस