नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिको सभापति पदको उम्मेदवार बन्न ३० हजार रुपैयाँ मनोनयन शुल्क तिर्नुपर्ने प्रस्ताव गरिएको छ ।
महामन्त्री पूर्णबहादुर खड्काले बिहीवारको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको निर्वाचन निर्देशिका प्रस्तावमा मनोनयन शुल्कबारे प्रस्ताव गरिएको छ ।
केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २० हजार रुपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवारका लागि ३ हजार रुपैयाँ, केन्द्र...