काठमाडौं- सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको आइपीओ गोलाप्रथामार्फत ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर सेयर हात पारेका छन्। यो आइपीओमा कुल १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएकामा ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ। […]