नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि नेतृत्व स्वच्छ हुनुपर्ने बताएका छन् । सोमबार बैंकर अनिल केसरी शाहसँगको लाइभ डिवेटमा ओलीले सो कुरा बताएका हुन् ।‘नेतृत्वमा प्रतिबद्धता हुनुपर्दछ । म भ्रष्टाचार गर्दैन भन्ने अठोट गर्छु,’ ओली भन्छन्, ‘ म भ्रष्टचार गर्दिनँ भन्ने कुरा बचनले होइन, मन, व्यवहार र आचरणले प्रतिबद्ध रहनुपर्छ ।’ राज्य संयन्त्रको दुरुपयोग विना भ्रष्टाचार सम्भव नरहेको ओलीले बताए । &lsqu