सेलिब्रिटीले यसरी गरे लक्ष्मीपूजा (तस्वीर)

काठमाडौं । तिहारको दोस्रो दिन आइतबार कलाकारले पनि लक्ष्मीपूजा मनाए । घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्दै उनीहरुले पूजाआजा गरे । सर्वसाधारणसहित सेलिब्रिटीले पनि लक्ष्मीपूजा र रंगोलीको तस्वीर सेयर गरेका छन् । कलाकारहरु महजोडी, मनिषा कोइराला, केकी अधिकारी, निखिल उप्रेतीसहितले लक्ष्मीपूजाको तस्वीर पोस्ट गर्दै तिहारको शुभकामना समेत दिएका छन् । फिल्मसहित संगीत, फेसन र […]

सम्बन्धित सामग्री

बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै सहकारी

झापा । गौरादह नगरपालिका–६ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो । बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य रु एक सय भए पनि सहकारीले रु ७० मै बिक्री गरिरहेको छ । गौरादह, गौरीगञ्ज, कमल र दमकबाट पनि फूल खरिदका लागि ग्राहक आउने गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताइन् । बजार मूल्यभन्दा सस्तोमा बेच्दा स्थानीय उपभोक्तालाई लाभ पुग्ने र संस्थालाई पनि घाटा नहुने हुँदा सस्तो मूल्य निर्धारण गरिएको उनले बताइन् । सहकारीले ५ कठ्ठा जग्गामा सयपत्री फूलखेती गरेको थियो । सहकारीले मुनाफाका लागि आउने बिचौलियालाई यसपाली तिहारमा फूल नबेच्ने र स्थानीय वरपरका पालिकाका उपभोक्तालाई सिधैँ बिक्री गर्ने नीति लिएको थियो। उपभोक्ता महँगोमा नपरुन् भनेर बिचौलियालाई फूल नबेचेको अध्यक्ष ढकालको जिकिर थियो । भारतबाट तिहारका लागि आउने फूल निरुत्साहित गर्न सहकारीले फूलखेती गरेको र आफ्ना सदस्यलाई पनि सयपत्री फूलमा आत्मनिर्भर बन्न प्रोत्साहित गरिरहेको जनाएको छ । 'सहकारीले उपभोक्तालाई सहुलियत मूल्यमा फूल र यसबाट बनेको माला बेच्नुपर्छ भन्ने हाम्रो मान्यता हो,' अध्यक्ष ढकालले भने, त्यसैअनुसार हामीले बजारभन्दा सस्तो मूल्य निर्धारण गरेका छौं ।'            पहिलो पटक परीक्षणका लागि सयपत्री फूलको खेती गरे पनि अर्को वर्ष खेती विस्तार गरेर जिल्लाभर पुग्ने माला उत्पादन गर्ने सोच बनाएको उनको भनाइ थियो । संस्थाका प्राविधिक मनोज भट्टराईका अनुसार सहकारीले लक्ष्मीपूजा र भाइटिकाका लागि दुई सय मालाको फूल अग्रिम अर्डरसमेत लिइसकेको छ । सहकारीको फूलबारीमा ठूला आकारका एकै दरका थुँगा सयपत्री फूलेका छन् । सहकारीले प्रति थुँगाको मूल्य रु दुई तोकेको छ । यहाँको सयपत्री फूलखेतीमा फोटो खिचाउनसमेत स्थानीय युवायुवती आउने गरेका छन् ।      झापामा तिहार र छठ पर्वमा धेरै मात्रामा सयपत्री फूल खपत हुने गरेको छ । सयपत्री फूलको खेतीमा बजारको समस्या नमएको उनको भनाइ थियो । यसैगरी मेचीनगर नगरपालिका–४ मा वडा कार्यालयले आफ्नै लगानीमा फूलखेती गरेको छ । आफ्नो वडामा बाहिरबाट फूल खरिद गर्नु नपर्ने वडाध्यक्ष अर्जुन कार्कीले बताए । विर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा समेत सयपत्री फूलको तिहार लक्षित व्यावसायिक खेती भइरहेकाले झापा यसवर्ष फूलमा आत्मनिर्भर बन्ने अनुमान गरिएको छ ।

यसरी गरे सेलिब्रिटीले लक्ष्मीपूजा (तस्वीरसहित)

काठमाडौं । तिहारको महत्वपूर्ण दिन हिजो (सोमबार) धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइएको छ । सेलिब्रिटीहरुले दीपावली गरी लक्ष्मीपूजा गरेका छन् । थुप्रै सेलिब्रिटीले दीपावली गर्दै लक्ष्मीपूजा गरेका तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गरेका छन् । अघिल्ला केही वर्ष कोरोना महामारीका कारण त्यति उल्लासमय हुन नसकेको तिहार यस वर्ष सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले हर्षोल्लासपूर्वक मनाइरहेका छन् । […]

अमेरिकी राष्ट्रपति बाइडेनले मनाए दिपावली, गरे लक्ष्मीपूजा

तस्वीरको साथमा उनले हिन्दु, बौद्ध, खिस र जैन धर्मावलम्वीलाई दिपावलीको शुभकामना दिएका छन् ।

सामाजिक–सांस्कृतिक महत्त्वको विशिष्ट पर्व

झिलीमिली बत्ती, बारीमा ढकमक्क फूलेका फूल, सप्तरंगी टीका, सफा र चिटिक्क घरआँगन, लिंगे पिङको चचहुई, कामविशेषले बाहिर रहेकाहरू घर फर्किएपछिको भेटघाट, एउटा बिछट्टको उत्सवमय माहोल... । यो परिदृश्यबाट सबैले सम्झने पर्व हो तिहार । वर्षमा हरेक दिनजसो कुनै न कुनै पर्व पर्ने नेपाली समुदायमा तिहार आफ्नै विशिष्टता र गरिमा बोकेको चाड हो । हिन्दू धर्मावलम्बीले धूमधामसँग मनाउने गरे तापनि सामाजिक सांस्कृतिक रूपमा तिहारले सबै जाति, समुदाय र धर्मावलम्बीलाई जोडेको छ । आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामना आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्ने यो पर्वले सबैलाई अपनत्व महसूस गराएको पाइन्छ । दीप (बत्ती)हरूको पर्व भएकाले तिहारलाई दीपावली पनि भनिन्छ । भारतमा यस पर्वलाई दिवालीको रूपमा भव्यसँग मनाइन्छ । यसबाहेक भुटान, म्यान्मा, थाइल्याण्डका साथै नेपाली समुदायको बसोवास रहेको सबैजसो मुलुकमा उत्तिकै महत्त्वको साथ मनाइन्छ । देशअनुसार यसलाई मनाउने तरिकामा भिन्नता पाइन्छ । नेपालमै पनि समुदाय विशेषले यो पर्वलाई आफ्नै रीतिरिवाज र चलनअनुसार मनाउँछन् । धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक, व्यावसायिक लगायत कुनै न कुनै दृष्टिकोणबाट सबै जाति, भौगोलिक परिवेश र समुदायलाई जोड्ने भएकाले तिहारलाई नेपालको राष्ट्रिय पर्व मान्न सकिन्छ । तिहार रङ र फूलहरूको पर्व पनि हो । सयपत्री, मखमली, गोदावरी लगायत फूल तथा रङहरूले मानिसको मनमा खुसीयाली र उमंगको सञ्चार गराउँछ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्ने, सेलरोटी, अनरसा आदि पक्वान्नसहित विभिन्न फलफूल तथा मिष्ठान्न खाने, दिदीबहिनीका हातबाट सप्तरंगी टीका लगाउने लगायत गतिविधि तिहारका पारम्परिक विशेषता हुन् । धन्वन्तरि जयन्ती, धनतेरसको रौनक तिहारको पहिलो दिन (कागतिहार) वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा धन्वन्तरि जयन्ती मनाइन्छ । वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । यसैगरी धनतेरस विशेषगरी मधेशी एवं मारवाडी समुदायमा बढी प्रचलित छ । यस दिन नेपालको विशेषगरी तराई र भारतमा नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका मानिस आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही दिनको प्रतीक्षा गर्छन् । पछिल्ला वर्षहरूमा यो चलन नेपाल शहरी तथा बजार क्षेत्रमा समेत बढ्दै गएको पाइन्छ । जनावरदेखि म्हः पूजा र भाइटीकाको महत्व तिहारका पाँच दिनमा क्रमशः काग, कुकुर, गाई तथा लक्ष्मी, गोवद्र्धन (नेवारी समुदायमा म्हः पूजा) र भाइपूजा गरिन्छ, जसको आफ्नै महत्त्व र महिमा छ । जनावरदेखि मानवसम्मको पूजा हुनु तिहारको अद्वितीय पक्ष हो । यस पर्वले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि ज्वलन्त बनाउँछ । तिहारमा काग, कुकुर, गाई, गोरुको पूजा गर्नुले यिनीहरूको काम र गुणको कदर तथा सम्मान व्यक्त गर्दछ । तिहार धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्ने पर्व समेत हो । लक्ष्मीलाई धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीकको रूपमा पूज्ने गरिन्छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरेपछि भैलो र तिहारको चौथो दिन गोवर्द्धन पूजापछि द्यौसी खेल्न शुरू गरिन्छ । यसै दिन नेवारी समुदायमा म्हः पूजा गरिन्छ । म्हः पूजा यो समुदायको मौलिक पर्व हो । म्हःको शाब्दिक अर्थ देह अर्थात् शरीर हो । यसर्थ म्हः पूजा आफ्नै देहको पूजा हो । आफूले आफूलाई चिन्ने, म नै सर्वश्रेष्ठ हो भनेर स्वीकार्ने पर्व हो म्हः पूजा । त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गरिन्छ । म्हः पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा पनि हो । शरीरमा शान्ति नभई सर्वत्र शान्ति नहुने विश्वास अनुरूप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ । सोही मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैले आफैलाई खुवाइने प्रचलन छ । म्हः पूजाकै दिनदेखि नेपाल संवत्को नयाँ वर्ष पनि शुरू हुन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । तिहारको अन्तिम दिन भाइटीकाको पनि विशेष महत्त्व रहिआएको छ । यस दिनले दिदीबहिनी र दाजुभाइबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिविम्बित गर्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्ने विधि, आवश्यक पर्ने सरसामग्री र प्रयोग गरिने रङले यसलाई विशेष बनाएको हो । तेल र पानीले छेक्नुपर्ने, बिमिरो लगायत अमिला जातको फलफूल आवश्यक पर्ने, ओखर फुटाइने, एकैपटक सातथरी रङ लगाउने, मखमली माला लगाइने, मसाला, रोटी लगायत मीठा खानेकुरा खाइने आदिजस्ता चलनले पनि भाइटीकालाई जीवन्त बनाएको छ । भाइटीका अर्थात् कात्तिक शुल्क द्वितीयकाको दिन चित्रगुप्त दिवस समेत मनाइन्छ । ब्रह्माको अंशबाट उत्पन्न भएको मानिने चित्रगुप्त यमराजका सहयोगीको रूपमा रहेको पौराणिक कथन पाइन्छ ।

वि.सं. २०७८ मा तीन वटा दसैँ

काठमाडौँ । विसं २०७८ मा तीन वटा दसैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैतेदसैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । त्यसैगरी वि.सं. २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । बडादसैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दसैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ । असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिक कृष्ण पक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि सुरु हुने छ । दसैँ र तिहारलाई नेपालमा विशेष रूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ । वर्षमा चार पटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आम रूपमा मनाउने परम्परा छैन । यस वर्ष वि.सं. २०७७ असोजमा मलमास (अधिकमास) परेकाले वि.सं. २०७८ मा तीन वटा दसैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए

बलात्कारपछि हत्या गरिएका 'लक्ष्मी'हरुको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

काठमाडौँ: आज लक्ष्मीपूजा। घरघरमा दीपावली गरेर लक्ष्मीको आह्वान गरिँदैछ। माइतीघरमा भने युवाहरुले लक्ष्मी पूजाका दिनलाई यौन हिंसाविरुद्ध जनचेतना जोगाउन कार्यक्रम आयोजना गरेका छन्। 'लक्ष्मीलाई फोटोमा हैन मनमा राखौँ' भन्दै स्वस्फूर्त रुपमा भेला भएका युवाहरुले बलात्कारपछि हत्या भएका 'लक्ष्मी'हरुको सम्झनामा दीप प्रज्वलन गरे। यस्तै, युवाहरुले मैनबत्ती बाल्दै रंगोली समेत बनाएका थिए। बलात्कारपछि हत्या गरिएका ‘लक्ष्मी’हरुलाई न्याय माग्दै