नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीले अहंकार प्रदर्शन गर्दै वाम एकतामा ठेस पुग्नेगरी अभिव्यक्ति दिएको बताएका छन् । शनिबार काठमाडौमा आयोजना भएको ओली समेत सहभागी एक कार्यक्रममा वाम एकता र तालमेलमा जोड दिँदै वाम एकता नभए देशको स्वाधिनता खतरामा पर्ने बताएका थिए ।त्यसको जवाफ दिँदै ओलीले कोही वामपन्थी भए काँग्रेसको पुच्छर बन्न छाडेर एकतामा आउनुपर्ने बताएका थिए । सोही विषयमा ओलीले दिएको अभिव्यक्तिलाई श्रेष्ठले वाम एकतामा ठेस पुग्ने अभिव्यक्तिको संज्ञा दि