१८ पुस, काठमाडौं । जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गर्दै शुक्रबार बागडोलमा राजमिस्त्रीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा सयभन्दा बढी राजमिस्त्री तथा डिलर वर्गहरुको सहभागिता रहेको थियो । जगदम्बा सिमेन्टले उपभोक्ता तथा समाज प्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम …