नदीहरूमा पानीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादन वृद्धि भएसँगै भारततर्फ निर्यात सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोमबार रातिदेखि भारत पठाउन थालेको हो । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा दैनिक ४ सय मेगावाट विद्युत् बिक्री गर्न सुरु गरेको हो ।