सल्यान : सल्यान जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट प्रयोगविहीन भएको छ। विद्युत्को भोल्टेज नपुग्दा सञ्चालनमा आएको केही महिनामै प्लान्ट प्रयोगविहीन भएको हो।स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार अक्सिजन उत्पादनको खर्च धान्न नसकेपछि प्लान्ट सञ्चालन गर्न छोडेर सिलिण्डर रिफिलका लागि नेपालगञ्ज पठाउन थालिएको छ।कार्यालयका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले विद्युत्को भोल्टेज कम हुँदा जेनेरेटरबाट सिलिण्डर रिफिल गर्नुभन्दा नेपालगञ्जबाट मर्मत गरेर ल्याउन सस्तो पर्ने बताए। उनले भने, &l