नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ। अत्तरखेल काठमाडौंमा रहेको कलेजले आज सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो।
महाकाली प्रादेशिक अस्पतालमा चिकित्सकको दरबन्दी पूर्ति गरिएपछि बिरामीले सहज रुपमा सेवा पाएका छन्। अस्पतालमा करारमा चारजना विशेषज्ञ चिकित्सकसहित छ जना थपिएपछि सेवाग्राही लाभान्वित भएका हुन्।
काठमाडौँ, १७ मङ्सिर । विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा सञ्चालन गरेको २७औँ विशेष परीक्षामा एक सय ८३ जना परीक्षार्थी सहभागीमध्य ९४ जना अर्थात् ५१ दशमलव ३६ प्रतिशत उत्तीर्ण भएका हुन् । उनान्नब्बे जना अनुत्तीर्ण र परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिएको अनुसारको परिचयपत्र लिई […]
काठमाडौं : वार्षिक दुई हजार चिकित्सक उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टरको संख्या बल्ल १० हजार पुगेको छ। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल मेडिकल काउन्सिलमा हालसम्म १० हजार ८० विशेषज्ञ चिकित्सक दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको संख्या भने ३२ हजार २१८ पुगेको छ। काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टर १० हजार नाघेको बताए। उनले नेपालमा हालसम्म ३२ हजार २१८ जना डाक्टर दर्ता भएको जानकारी दिए। तीमध्ये
काठमाडाैँ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ। विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा.मङ्गल रावलका अनुसार डा.जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा.सिद्धार्थ खातीले दुई वर्ष सेवा दिए। उनले छोडेपछि विशेषज्ञ चिकित्सकविहीन मुगुका बिरामी मारमा परेका थिए। […]
मुगु – मुगुको एक मात्र १५ शैय्या अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । विगत चार महिनादेखि एमडीजीपी विशेषज्ञ चिकित्सक नहुँदा सामान्यदेखि जटिल खालका बिरामीको उपचारमा समस्या भएको हो । २०६३ सालमा स्थापना भएको अस्पताल विशेषज्ञ चिकित्सक छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट काजमा आएका विशेषज्ञ चिकित्सक सिद्धार्थ ध्वज खाती […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । एक महिना अघिदेखि सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिन विशेषज्ञ चिकित्सक प्रतिष्ठानले पठाउने भएको छ । हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको छ । सम्झौताको आधारमा हुम्लाको स्वास्थ्य सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले बताए । प्रतिष्ठानका उपकुलपति डा रावल र मन्त
७ चैत, खलङ्गा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । एक महिना अघिदेखि सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिन विशेषज्ञ चिकित्सक प्रतिष्ठानले पठाउने भएको छ । हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको छ । सम्झौताको आधारमा हुम्लाको […]