प्रदेश १ सरकारद्वारा विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि स्वीकृत

प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश मातहतका सरकारी अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकलाई बिरामीको सेवाका लागि थप प्रेरित  गर्न ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गरेको छ।

सम्बन्धित सामग्री

पहाडी जिल्लामा खटिने चिकित्सकलाई डेढ लाखसम्म प्रोत्साहन भत्ता

काठमाडौँ । प्रदेश १ सरकारले जिल्ला अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकहरूलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने भएको छ । ११ वटा पहाडी जिल्लालाई लक्षित गर्दै प्रदेश स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । उक्त कार्यक्रमका लागि मन्त्रालयले ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ तयार पारेको छ । कार्यविधिअनुसार […]

आईसीयू र भेन्टिलेटर सञ्चालनमा आउन सकेन

प्रदेश–१ सरकारले विशेषज्ञ चिकित्सक जनशक्ति व्यवस्था नगर्दा जडान भएको दुुई वर्षसम्म पनि धनकुटा अस्पतालमा आईसीयू र भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन् ।धनकुटा अस्पतालमा ४ वटा भेन्टिलेटरसहितका १० आइसीयू बेड रहे पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल धनकुटाका सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिए । आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि कम्तीमा एक/एक जना एनेस्थेजियोलिष्ट […]

कोसी अस्पतालका १२२ जना स्वास्थ्यकर्मी संक्रमित

विराटनगर । प्रदेश १ कोसी अस्पतालका १२२ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। हाल सबै जना होमआइसोलेजनमा बसेका छन्। उक्त अस्पतालका २२ जना विशेषज्ञ चिकित्सक, ४१ नर्स, ११ जना पारामेडिसिन र ८ जना प्रशासनका कर्मचारीलगायत संक्रमित भएका छन्।

अक्सिजन प्लान्टसहित सुविधायुक्त जिल्ला अस्पताल बनाउने

काठमाडौं।प्रदेश–१ सरकारले "गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्वता" भन्ने मूल नारासहित प्रदेश मातहतका सबै अस्पतालहरुको गुरुयोजना तयार गर्ने भएको छ।मेची अस्पताललाई २०० शैय्या,धनकुटा र पाँचथर जिल्ला अस्पताललाई १०० शैय्या र अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शैय्यामा स्तरोन्नति गर्ने,ती अस्पतालमा अक्सिजन प्लान्ट,सघन उपचारकक्ष निर्माण, विशेषज्ञ चिकित्सक,आवश्यक औजार तथा यन्त्र उपकरण र भौतिक पूर्वाधारको व्यवस्था गरिने सरकारको नीति कार्यक्रमा उल्लेख छ।