महाकाली प्रादेशिक अस्पतालमा चिकित्सकको दरबन्दी पूर्ति गरिएपछि बिरामीले सहज रुपमा सेवा पाएका छन्। अस्पतालमा करारमा चारजना विशेषज्ञ चिकित्सकसहित छ जना थपिएपछि सेवाग्राही लाभान्वित भएका हुन्।
नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ। अत्तरखेल काठमाडौंमा रहेको कलेजले आज सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो।
काठमाडौँ, १७ मङ्सिर । विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा सञ्चालन गरेको २७औँ विशेष परीक्षामा एक सय ८३ जना परीक्षार्थी सहभागीमध्य ९४ जना अर्थात् ५१ दशमलव ३६ प्रतिशत उत्तीर्ण भएका हुन् । उनान्नब्बे जना अनुत्तीर्ण र परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिएको अनुसारको परिचयपत्र लिई […]
काठमाडौं : वार्षिक दुई हजार चिकित्सक उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टरको संख्या बल्ल १० हजार पुगेको छ। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल मेडिकल काउन्सिलमा हालसम्म १० हजार ८० विशेषज्ञ चिकित्सक दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको संख्या भने ३२ हजार २१८ पुगेको छ। काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टर १० हजार नाघेको बताए। उनले नेपालमा हालसम्म ३२ हजार २१८ जना डाक्टर दर्ता भएको जानकारी दिए। तीमध्ये
२९ साउन, बाजुरा । बाजुराको बडिमालिका नगरपालिका १ बस्ने २० वर्षीया सुजाता रोकायालाई जिल्ला अस्पताल बाजुराले रिफर गर्यो । पैसा नभएर उनका आफन्तलाई बयलपाटा लैजान नै धेरै सकस भयो । अस्पतालमा एमडीजीपी तथा विशेषज्ञ डाक्टर भएको भए उनलाई सामान्य शल्यक्रियाका लागि पनि रिफर गर्नु पर्ने थिएन । तर एमडीजीपी चिकित्सक नहुँदा जिल्ला बाहिर पठाउनु परेको […]
मुगु – मुगुको एक मात्र १५ शैय्या अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । विगत चार महिनादेखि एमडीजीपी विशेषज्ञ चिकित्सक नहुँदा सामान्यदेखि जटिल खालका बिरामीको उपचारमा समस्या भएको हो । २०६३ सालमा स्थापना भएको अस्पताल विशेषज्ञ चिकित्सक छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट काजमा आएका विशेषज्ञ चिकित्सक सिद्धार्थ ध्वज खाती […]
दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नहुँदा इनरुवा जिल्ला अस्पतालमा लामो समयदेखि समस्या रहेको छ। राण प्रधानमन्त्री भिम समेशरका पालमा १९८७ सालमा झोडा फडानी ताका सुरु भएको ५० वेडको अस्पताल विशेषज्ञ चिकित्सक नहुँदा समस्या सृजना भएको हो।...