नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन आगामी २ आसोजदेखि ५ सम्म काठमाडौंमा हुँदै छ । सम्मेलनको मिति नजिकिएसँगै विद्यार्थी नेताहरू नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेतृत्व लिने योजनासहित प्रदेश सम्मेलन सुरु भएका छन् । २३ भदौमा गण्डकीमा पहिलो प्रदेश सम्मेलन भएको छ । गण्डकीमा पनि नेतृत्वका लागि आ–आफ्ना...
बुटवल- नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अन्तत: चुनाव हुने भएको छ । यससँगै अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दिएको निर्देशन अलपत्र परेको छ ।
दुईवटा प्यानल बनाएर नेताहरू चुनावी मैदानमा उत्रिएका छन् । सर्वसम्मत हुन नसकेपछि सोमबार राति ८ बजेदेखि मतदान हुने भए...
काठमाडौं । सरकारले घोषणा गरेको चुनावको मिति आउन साढे २ महिना बाँकी छ । मंसिर ४ को संसदीय निर्वाचनपछि कसले सरकारको नेतृत्व गर्ने भन्ने होडबाजी राजनीतिक वृत्तमा शुरू भएको छ । खास गरी वर्तमान सत्ता साझेदार पाँच दल गठबन्धन गरेर चुनामा जाने निर्णय भएसँगै गठबन्धनकै सरकार बन्नेमा नेताहरू प्रायः ढुक्क छन् । तर गठबन्धनबाट कसले […]
नेकपा एमाले कैलालीको अधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्न नसक्दा मतदान हुने भएको छ ।
नेतृत्वको लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिमको राजधानी तथा प्रमुख जिल्लासमेत मानिने कैलालीको नेतृत्वका लागि एमाले नेताहरू छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
एकातिर पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापाको प्यानल चुनावी मैदानमा होमिएको छ । सो प्यानलबाट अध्यक्षका लागि वर्तमान कैलाली अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापाले उम्मेदवारी दिएका छन् ।
अर्कोतिर पार्टीका पूर्वउ...
जनकपुरधाम । प्रदेश २ कांग्रेसको नयाँ नेतृत्वका लागि बुधबार चुनाव हुँदैछ । कांग्रेस प्रदेश २ को सभापति पदका लागि कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादव चुनावी मैदानमा छन् ।
मगंलवार बेलुका मतदानस्थल गोपाल धर्मशालामा पुगेर रामसरोज र कृष्णले मंगलबार सभापतिमा उमेदवारी दर्ता...
२७ मंसिर, काठमाडौं । १४औं महाधिवेशनबाट पार्टी नेतृत्वका लागि प्यानल बनाएर मैदानमा उत्रिएका नेपाली कांग्रेसका नेताहरू प्रतिस्पर्धी कमजोर बनाउने एकसूत्रीय अभियानमा केन्द्रित छन् । मतदानपछि त्यो अभियान पूरा हुनेछ, कांग्रेसले नयाँ नेतृत्व पाउनेछ । उमेरले ७७ वर्षका शेरबहादुर देउवा र ७१ वर्षका डा.शेखर कोइरालामध्ये एकले पार्टी नेतृत्व लिने संभावना बढी छ । किनकि सभापतिका अन्य […]
मोरङमा नेपाली कांग्रेसले आज स्थानीय तहस्तरीय नेतृत्व चयन गर्दैछ । नेतृत्वका लागि प्यानल नै बनाएर कांग्रेसका नेताहरू चुनावी मैदानमा गएका छन् ।
केन्द्रमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा र उनीइतर समूहजस्तै गाउँनगरमा पनि त्यसको असर देखिएको छ ।
प्रदेश १ को एक मात्रै महानगरपालिकामा विराटनगरमा ४ जना चुनावी मैदानमा छन् ।
सभापतिका लागि दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्णबहादुर कार्कीले शुक्रवार उम्मेदवारीका लागि मनोनयन दर्ता गराएका छन् ।
निर्वाचनमा ६८१ जनाले मतदान...