मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै सरोकारवालाहरूले आमरण अनशन सुरु गरेका छन् । हुलाकी सडकखण्डमा धनुषा–सिरहा जोडने कमला नदीमा पुल निर्माणको माग गर्दै धर्ना सुरु गरिएको हो । कमला नदीसँग जोडिएका बस्तीका स्थानीय बासिन्दा, जनप्रतिनिधि र युवाहरू धर्नामा बसेका हुन् ।