शिलान्यास भएको ११ वर्षमा पनि पुल निर्माण पूरा नभएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्थलगत निरीक्षण गरेका छन् । मदन भण्डारी (धरान–चतरा सडक) राजमार्गअन्तर्गत सिन्धुली र मकवानपुरको सीमा क्षेत्रमा पर्ने वाग्मती नदीमा पुल निर्माण सुरु भएको ११ वर्षमा पनि पूरा नभएपछि मुख्यमन्त्री पाण्डेले चासो व्यक्त गरेका हुन् ।