एजेन्सी। ओलम्पिकमा महिला भलिबलको साबिक विजेता चीन पहिलो खेलमै टर्कीसँग ३–० को सोझो सेटमा पराजित भएको छ। चीनलाई टर्कीले २५–२१, २५–१४, २५–१४ ले हराएको हो। टर्की महिला टिमको यो दोस्रो सहभागिता हो। चीन सम्मिलित समूह ‘बी’मा इटालीले रुसलाई र अमेरिकाले अर्जेन्टिनालाई समान ३–० को सोझो सेटमा हरायो।