महामारी नियन्त्रणमा असफल भएपछि बाइडेनले हामीलाई बलिको बोको बनाए : फेसबुक

अमेरिकी राष्ट्रपति जो बाइडेन र फेसबुकबीचको वाकयुद्ध रोकिएको छैन । फेसबुकका एक उच्च अधिकारीले नाम नबताउने शर्तमा एनबिसी न्युजका रिपोर्टर डायला बायर्सलाई शुक्रबार भनेका छन्,‘महामारी नियन्त्रणमा बाइडेन प्रशासन असफल भएपछि हामीलाई बलीको बोको बनाउने काम गरिएको छ ।’यसअघि फेसबुकले भ्याक्सिन विरोधी पोस्टहरु नरोकेको भन्दै बाइडेनले रुस पोखेका थिए । ‘हाम्रोमा खोप लगाएका व्यक्तिमाझ मात्रै महामारी छ, र, तिनीहरु (सामाजिक सञ्जाल) ले मानिसलाई मारिरहेका छ,’ उनले भनेका थिए ।  त्यसअघि न