अफगानिस्तानमा बम विस्फोट हुँदा २ बालबालिकाको मृत्यु, १० जना घाइते

एजेन्सी- देशको दक्षिणी जाबुल प्रान्तमा मंगलबार विगतको युद्धबाट बाँकी रहेका विस्फोटक पदार्थ विस्फोट हुँदा कम्तीमा दुई बालबालिकाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्। ‘मिजान जिल्लामा बालबालिकाको एउटा समूहले खेलौनाजस्तो वस्तु फेला पारेको थियो र खेल्ने क्रममा त्यो विस्फोट हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना […]

सम्बन्धित सामग्री

टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु, ८१ घाइते

काठमाडौं । टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । साेही घटनामा ८१ जना घाइते भएका हुन् । टर्कीको इस्तानबुलको टक्सिम स्क्वायरको ब्यस्त बजारमा भएको विस्फोटमा मारिनेमा अधिकांश किनमेल गरिरहेका सर्वसाधारण रहेका छन् । विस्फोट अघि एक महिला सो क्षेत्रमा ४० मिनेटसम्म एक बेन्चमा बसेको र उनी जाने बितिकै विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार […]

कालीकोटमा बम विस्फोट : दुई बालिकाको मृत्यु

काठमाडौँ – कालीकोटमा शनिबार बिहान बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका […]

कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते

१२ कात्तिक, काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए । […]

बुर्किना फासोमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु

काठमाडौँ- अफ्रिकी मुलुक बुर्किना फासोमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ । गुडिरहेको गाडीले घरेलु शैलीमा निर्माण गरिएको विस्फोटक पदार्थ (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस –आईईडी) लाई ठक्कर दिँदा विस्फोट भएको हो । विस्फोटमा अरु ३७ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । राजधानी वागाडुगु तर्फ जाँदै गरेको गाडीले मुलुकको उत्तरमा रहेकाहरु शहर जिबो र […]

अफगानिस्तानको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट, तीन जनाको ज्यान  गयो

अफगानिस्तानको राजधानी काबुलको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट हुँदा तीन जनाको ज्यान  गएको छ । १० जना घाइते भएका छन् । आत्मघाती बम विस्फोट हुँदा दुई जना दूतावासका कर्मचारी र अर्का एक जना नागरिकको ज्यान गएको रुसी सरकारी समाचार संस्थाले जनाएको छ । आक्रमणकारी आफैँले विस्फाेट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्नेबारे खुलेको छैन । रूसी नोभोस्ती समाचार संस्था, आरआईएका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि दूतावासबाहिर पर्खिरहेका बेला मानिसहरूसामु निस्केपछि विस्फोट भएको थियो ।...

अफगानिस्तानमा बम विस्फोट, सात जनाको ज्यान गयाे

अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । एउटा भ्यानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन । अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यस्ता घटना इस्लामिक स्टेट आईएसले गराउँदै आएको मानिन्छ । घटनाको अनुसन्धान हुने तालिबानले जनाएको छ ।

पन्जाबस्थित एक अदालतमा बम विस्फोट : दुई जनाको मृत्यु, चार जना घाइते

काठमाडौँ । भारतको पन्जाबस्थित लुधियानाको अदालत परिसरमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । विस्फोटपछि घाइते भएकालाई अस्पताल भर्ना गरिएको छ भने घटनास्थलमा प्रहरीका वरिष्ठ अधिकारीहरू उपस्थित छन् । उनीहरुले अदालतलाई पुरै घेरेर कडा सुरक्षामा राखेका छन् । लुधियानाको प्रहरी कमिस्नरले बिबिसीलाई दिएको जानकारी अनुसार विस्फोट दिउँसो […]

पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा २ बालबालिकाको मृत्यु

एजेन्सी । पाकिस्तानमा आत्मघाती बम बिस्फोट हुँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरमा बम बिस्फोट हुँदा सडकमा खेलिरहेका दुई जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ । सो विस्फोटमा परेर दुई जना पाकिस्तानी र एक चिनियाँ नागरिक घाइते भएका छन् । आत्मघाती बम बिस्फोटको विद्रोही बलुच लिबरेसन आर्मीले […]

पाकिस्तानमा बसमा बम विस्फोट हुँदा १२ जनाको ज्यान गयो, २८ जना घाइते

काठमाण्डाै – पाकिस्तानमा एउटा बसमा बम विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । उत्तर–पश्चिमी खैबर प्रान्तमा भएको घटनामा अन्य २८ जना घाइते भएका सामाचार संस्था सिन्ह्वाले जनाएको छ । बसमा ४० जना चिनियाँ इन्जिनियर तथा अरू प्राविधिक कर्मचारी रहेका बताइएको छ ।  दासु क्षेत्रमा एउटा जलविद्युत् कम्पनीको जलाशय निर्माण क्षेत्रमा कामदार लिएर जाँदै गरेको बसमा कसले र किन विस्फोट गरायो भन्ने खुलेको छैन । आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको सिन्ह्वाले जनाएको छ । दासु बाँध (हाइड्रो-इलेक्ट्रिक) परियोजना ची...

अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गयो

काठमाण्डाै – अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । शुक्रबार राति स्थानीय समय ७ बजेतिर भएकाे यस विस्फाेटमा परि अरु ७० जना घाइते भएका छन् । अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोट भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनामा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । विस्फोटनका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेसन्समा पनि क्षति पुगेको अधिकारीहरुले बताए...