बाग्लुङ : काठेखोला गाउँपालिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाएकाको परिवारले २० हजार रूपैयाँका दरले राहत प्राप्त गरेका छन्। आर्थिक वर्ष २०७८/८९ मा विनियोजित गरेको तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा संक्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन्।गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले भने, ‘कोरोनाबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरेका छौँ, स्थानीय सरकारले घाउमा मल्