काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार विपीको सिद्धान्तअनुरूप अघि बढेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको १०९औँ बिपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उहाँले बिपीको मूल सिद्धान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकाले अहिलेको गठबन्धन सरकार सोहीअनुरुप चलेको स्पष्ट पार्नुभयो […]