काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ गर्ने भएको छ ।
महानगरले बिहीवार पत्रकार सम्मेलन गर्दै स्थानीय विवाद निरूपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौतीसम्बन्धी आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएकाे हाे । महानगरकी उपमेयर सुनिता डंगोलले देशभरमा पालिकाका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानुनी प्रबन्ध र उपयोगमा समान बुझाइ विकास गर्न सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो ।...