सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । गत मंगलबार अधिकतम ७७ अंकले घटेर २५१०.७३ बिन्दुमा झरेको बजार बिहीबार थप १४.७० अंकले घटेर २५५६.९५ बिन्दुमा झर्न पुगेको हो । साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन म्युचुअल फण्ड बाहेकका सबैजसो उपसमूह ऋणात्मक भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज म्युचुअल फण्डको उपसूचक ०.४३ प्रतिशतले मात्र बृद्धि भएको छ भने अन्य समूहहरूको सूचक ऋणात्मक भएर राताम्मे नै भएको छ । १४ अंक माथिले घटेको बजारमा आज २ अर्ब ६३ करोड ५३ लाख