नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका छन् । शुक्रबार साँझ मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री कार्कीले मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्न, गराउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले त्यस काममा मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग रहने विश्वाससमेत व्यक्त गरे ।