सुत्केरी र शिशुको मृत्युको विषयलाई लिएर पीडित पक्षले बिहीबार बेंसीसहरस्थित लमजुङ अस्पतालमा तोडफोड गरेको छ । उनीहरुले अस्पतालको मुख्य गेटमा रहेको डिजिटल बोर्ड, अस्पतालको झ्यालका सिसा र बत्तीहरु फुटाएको अस्पतालले जनाएको छ । ढुंगा प्रहारबाट सुरक्षार्थ खटिएका २ जना प्रहरी घाइते भएका छन् । घाइतेको उक्त अस्पतालमै उपचार भइरहेको छ ।