लमजुङको सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि लगाइएको निषेधाज्ञा १५ घण्टापछि हटेको छ । पीडित पक्षले प्रहरीमा लिखित जाहेरी दिने र प्रहरीले कानुनी उपचार खोज्ने सहमति भएपछि राति ९ बजे निषेधाज्ञा हटेको हो । लमजुङ क्षेत्रमा निषेधाज्ञा जारी भएपछि पीडित पक्षले बाइसजाँगरमा टायर बालेर प्रदर्शन गर्दै दिनभर सडक अवरुद्ध पारेका थिए । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगर घर भइ लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको मर्स्या