काठमाडौं, २ जेठ । बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले कोभिडविरुद्ध भ्याक्सिन ल्याउनको लागि सरकारले ठोस पहल गर्न नसकेको गुनासो पोखेका छन् । अहिले प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्नुपर्ने भन्दै राजनीतिक खिचातानीमा नलाग्न सुझाव दिए । […]