उम्मेदवारको नामावली आज प्रकाशन गरिने

स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ । विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका करिब १५ जना व्यक्तिको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ । आयोगले १६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै शुक्रबार नै प्रकाशन हुनेछ । निर्वाचन आयोगका अ

सम्बन्धित सामग्री

प्रत्यक्षका उम्मेदवारको नामावली आज प्रकाशन गरिने

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ । निर्वाचन आयोगले तय […]

आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै

काठमाडौं, असोज २५ । मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ। निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको हो। बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ। बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ […]

उम्मेदवारको नामावली प्रकाशन आज गरिँदै

मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ।

एमालेका समानुपातिक उम्मेदवारको नामावली पारित

नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको नामावली पारित गरेको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभाका लागि ५७ जना महिलासहित एक सय १० र प्रदेशसभाका लागि दुई सय २० जनाको नाम समानुपातिकका लागि छनोट गरेको बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै एमाले […]

निर्वाचन आयोगले किन गरेन उम्मेदवारको नामावली प्रकाशन ?

स्थानीय तह निर्वाचनको मिति आउन १० दिनमात्रै बाँकी छ । तर यतिबेलासम्म पनि निर्वाचन आयोगको वेभसाइटमा देशभरका उम्मेदवारको नामावली, पद र दल उल्लेख गरी उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको छैन । निर्वाचनको मिति नजिकिँदै गर्दा पनि आयोगले एकीकृत रुपमा नामावली प्रकाशन गर्न नसकेको हो । आयोगले उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको मिति वैशाख १६ गतेलाई तोकेको थियो । सोही दिन आयोगले अन्तिम नामावलीको सूची निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिसकेको छ । तर देशैभरबाट हेर्न मिल्ने गरी निर्वाचन आय

आज उम्मेदवारको नामावली प्रकाशन गर्दै आयोग

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज  प्रकाशन गर्दैछ।वैशख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आयोगले आज प्रकाशन गर्न लागेको हो।  १३ उजुरी दिने समय तोकेको आयोगले हिजो र आज मनोनयन उपर जाँचबुझ गरी आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। भोलि साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै भोलि नै प्रकाशन हुनेछ। आयोगका अनुसार १७ गते मात्

चुनावका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुने

काठमाण्डाै – बैशाख ३० गते हुने पालिका चुनाव अन्तर्गत मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । मनोनयनपत्र जाँचसँगै उम्मेदवारविरुद्ध परेका उजुरीहरुको छानबिन गरी निर्णय गरेर आज बेलुकी पाँच बजेसम्म नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची छ । भोलि १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको नामावली आज सार्वजनिक गर्दैछ। हिजोदेखि उम्मेदवारको मनोनयन पत्र जाँचबुझ गरेको आयोगले आज दिउँसो ३ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन। माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। भोलि उम्मेदवारलाई नाम फिर्ताको समय

एमाले महाधिवेशन : उम्मेदवारको नामावली प्रकाशनमा ढिलाई

चितवन : नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा उम्मेदवारको नामावली प्रकाशनमा ढिलाई भएको छ। केन्द्रीय निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको संशोधित तालिका अनुसार विहान साढे १० बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने उल्लेख छ । तर तीन घण्टा ढिलो साढे १ भइसक्दा पनि प्रारम्भिक नामावली सार्वजनिक गरिएको छैन। निर्वाचन आयोगका एक सदस्यका अनुसार अहिले उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिइरहेका छन्। 'हामी प्रारम्भिक नामावली केहीबेरमा सार्वजनिक गर्छौं, उनले भने, &#